माटुर र रोजीले हात पारे स्टाईल आइकन नेपाल २०२१ काे उपाधि
नेपालबहस संवाददाता
असोज २९, २०७८ शनिबार ३:५२:५५
२८ असोज, काठमाडौं । उदयमान मोडलहरुको प्रतियोगिता स्टाईल आईकन नेपाल २०२१ को फाईनलमा युवा तर्फ सर्वोत्कृष्ट हुँदै स्टाईल आईकन नेपाल २०२१ को उपाधि माटुर रेहमानले जितेका छन् ।
यस्तै युवती तर्फ सर्वोत्कृष्ट हुँदै स्टाईल आईकन नेपाल २०२१ को उपाधि रोजी लामिछानेले जितेकी छिन् । वर्षको उत्कृष्ट स्टाईल आईकन मोडलको उपाधि सहित जनही २५ हजार रुपैयाँ र विभिन्न उपहार पनि प्राप्त गरेका छन् ।
मस्ट ट्यालेन्टको उपाधि पनि रोजी लामिछानेले नै हाँसिल गरिन् । काठमाडौंमा मोडलहरुको प्रतियोगिता ‘स्टाईल आईकन नेपाल २०२१’ सम्पन्न भएको हो । यो प्रतियोगिताको आयोजना इभेन्ट बेटर ग्यालेक्सीले गरेको हो । फुलपातिको अघिल्लो अवेर साँझ काठमाडौंको जमल स्थित नाचघरको मेघा हलमा सम्पन्न सो प्रतियोगितामा ९ युवा मोडल र १९ जना युवती मोडल सहभागी थिए ।
सो प्रतियोगितामा फस्ट रनरअपको उपाधि युवा मोडल तर्फ सुजन थापा र युवती मोडल तर्फ सृजा खरेलले जिते । सेकेन्ड रनरअपको उपाधि युवा मोडल तर्फ सन्तोष आचार्य र युवती मोडल तर्फ निर्मला धितालले हाँसिल गरे । यस्तै यही प्रतियोगितामा थर्ड रनरअपको उपाधि युवा तर्फ आदर्श मगराती र युवती मोडल तर्फ नेहा यादबले प्राप्त गरे । मस्ट स्टाईलिसको उपाधि युवा तर्फ सम्यक महर्ज र युवती तर्फ चन्दु शाहीले प्राप्त गरे ।
स्वस्तिका राजभण्डारीको कोरियोग्राफ्रीमा सम्पन्न सो प्रतियोगिताका डान्स कोरियोग्राफरमा लिजा श्रेष्ठ थिए । सो प्रतियोगिताको फाईनल कार्यक्रमलाई कोरियोग्राफर रोजिन शाक्य र सोफिया महर्जन कार्कीले सञ्चालन गरेका थिए । नेपाली मोडलिङ क्षेत्रमा तीन दशक भन्दा लामो समयदेखि योगदान दिँदै आएको भन्दै अभिनेता तथा अग्रज मोडल कोरियोग्राफर प्रशान्त ताम्राकारलाई इभेन्ट बेटर ग्यालेक्सीका तर्फबाट कार्यक्रममा सम्मानित गरियो ।
प्रतियोगिताको निर्णायकमा अभिनेताहरु प्रमोद अग्रहरी, गजित बिष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, ब्युटिसियन रुस्का श्रेष्ठ, महेश केसी, बिक्रम श्रेष्ठ, दीपक घिमिरे, मिरा कक्षपति र विशाल गुरुङ थिए ।
उदयमान मोडलहरुलाई मोडलिङ सम्बन्धि विभिन्न प्रशिक्षण दिँदै उचित प्लेटफर्म मार्फत उनीहरुलाई ब्यबसायिक मोडलको रुपमा मञ्चमा तार्दै अघि बढ्न प्रेरित गर्नका लागि यो प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका आयोजक धिरज तन्डुकारले बताए । फाईनल प्रतियोगिताको मुख्य अतिथिमा रामकृष्ण चित्रकार, अतिथिहरुमा मिलन सिजापति, प्रशान्त ताम्राकार थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार