पर्यटकीय केन्द्र बन्दै ‘अर्जुन डहर’ पार्क
नेपालबहस संवाददाता
असोज ३०, २०७८ शनिबार १४:२७:१०
३० असोज, उदयपुर । पूर्व पश्चिम मदन भण्डारी लोकमार्गबाट नजिकै रहेको चारैतिर जंगलले घेरिएको बीचमा ठूलो पोखरी देखिने उदयपुरको ‘अर्जुन डहर पार्क पछिल्लो समय आन्तरिक पर्यटकिय गन्तव्य बन्न पुगेको छ । लोकमार्गदेखि दुई किलोमिटर पश्चिम उदयपुरगढी गाउँपालिका– ७ अधेँरीस्थित विश्व कञ्चन सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने पार्कमा पर्यटक आकर्षित गर्ने संरचना निर्माणसँगै आन्तरिक पर्यटकको गन्तब्य बन्न पुगेको हो ।
डिभिजन वन कार्यालय त्रिवेणी कटारी र सामुदायिक वन समुहको संयुक्त लगानीमा निर्मित पार्कमा पर्यटक लोभ्याउने वोटिङ, स्थानीय स्रोतको प्रयोग गर्दै बनाइएको टिकटिक घर, काठको भ्युटावर जस्ता पुर्वाधार तयार भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।
अन्य ठाउँमाभन्दा फरक स्थानीय स्रोत सामाग्रीको उपभोग गर्ने गरी सखुवाको रुखमा टिकटक घर बनाइएको छ । सामुदायिक वन समुहको २२ लाख ७० हजार र वन कार्यालयको १० लाख ६ हजारको संयुक्त लगानीमा उद्यानसहितको टिकटक घर र अन्य संरचना तयार गरिएको सामुदायिक वन समुहका अध्यक्ष भिमबहादुर बस्नेतले बताए ।
पर्यटक बढेसँगै भौतिक संरचना बढाउँदै लैजान लक्ष्य रहेको छ । समुहका सचिव केशवबहादुर अधिकारीले जिल्लाकै पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने गरी आन्तरिक र वन कार्यालयको लगानीमा पार्क बनाइएको बताए । उनले भने, ‘अधेँरीमा रहेको अर्जुन डहर पार्कलाई एक नमूना पर्यटकीय क्षेत्र बनाउने गरी लागि परेकाछौँ, ‘यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगको अपेक्षा गरेका छौँ । हरियाली जङ्गलले घेरिएको स्थलमा पार्क पहाडको तल्लो भागमा छ । चारै पट्टीबाट बगेको पानी पोखरीमा जम्मा हुने गरेका कारण बाह्रै महिना पानी रहने गरेको स्थानीयबासी होम बस्नेत बताउँछन । पर्यटकलाई व्यवस्थित गर्न विभिन्न आवासिय टहरा समेत निर्माण गरिएको बताए ।
झट्ट हेर्दा फेवाताल जस्तै देखिने पोखरीमा बोटिङको मज्जासँगै माछा समेत हेर्न पाइन्छ । दाँया बायाँका भागमा फुलहरू रोपेर रमणीय बनाइएको छ । पार्क नजिक अधेरीँ झर्ना रहेको छ । झण्डै चार किलोमिटर पर मदनभण्डारी लोकमार्गसँगै जोडिएको झर्नाले थप मनोरम दिने गरेको बस्नेतले बताए । झर्ना हेर्न र नुहाउन मात्रै दैनिक एक हजारको संख्यामा आन्तरिक पर्यटक आउने गरेको उनले बताए ।
पार्कमा पिकनिक खान आउनेहरू झर्नामा जाने नुहाउने रमाइलो गरी फर्कने गर्दछन् । झर्ना हेर्नकै लागि उदयपुरबहेक सिरहा, सप्तरी र सिन्धुलीबाट सर्वसाधरण आउने गरेको उनको भनाइ छ । झर्ना लोकमार्गसँग जोडिएकाले अझ बढि भिडभाड हुने गर्दछ । लोकमार्गको यात्रा गर्ने यात्रुहरू समेत झर्नामा एकछिन रोकेर फोटो खिचेर जाने गरेको बताउँछन । दुबै ठाउँ उदयपुरको नयाँ पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार