भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध
नेपालबहस संवाददाता
असोज ३१, २०७८ आइतबार १४:१२:३३
३१ असोज, सिन्धुपाल्चोक । गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएको थियो । मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए ।
उनले मौसम सुधार आउने वित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने बताए । यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए ।
हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीयवासी यम ज्योतिले बताए । असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार