यो दाङको ज्यामिरे दह हो !!!

नेपालबहस संवाददाता
कात्तिक १, २०७८ सोमबार १५:३२:३६

धेरैलाई यो एउटा सुन्दर तस्बिरमात्र लाग्ला । तर, तस्बिरभित्रका कथाहरू कि त तस्बिर कैद गर्नेलाई थाहा हुन्छ कि त्यो ठाउँलाई । हिजाे ज्यामिरे दह घुम्न जाँदा मन अमिलो भयो !!
हाम्रा छिमेकी थिए प्रमोद बर्मा । दाइ जस्तो पनि साथी जस्तो पनि । उनी संरक्षणविद् बन्ने बाटोमा थिए । सहरमा सर्प देख्नासाथ समातेर जंगलमा छाडिहाल्थे । मानिसले सर्प मारेको पटक्कै चित्त बुझाउँदैनथे । कुनै घरमा सर्प छिर्यो कि उनलाई फोन आइहाल्थ्यो । हामी भने मरेको सर्प देखे पनि डराउने । तर, हामी सबै जिग्री थियौं ।
उनी एसएलएसी पास गरेका । हामीचाहिँ ९-१० मा पढ्दै गरेका भुरे । उनी हामीलाई कहिले घोरदौराको डाँडोमा Monitor Lizard पाइन्छ भनेर लैजान्थे त कहिले कटुवा खोलाको बगरका दुलामा सर्प देखाउँथे । कहिले कुइरेपानीमा के जनावर पाइन्छ भनेर लैजान्थे, कहिले ज्यामिरे दह । कहिले खुल्दै गरेको सिमेन्ट उद्योगले दाङको वातावरण बिगार्छ भन्दै बेलझुण्डीतिर सुराकी गर्न लैजान्थे त कहिले सरकारी कार्यालयतिर अनेक निवेदन दिन हामीलाई हिँडाउँथे । उनको ‘प्यासन’को पछिपछि लाग्थ्यौं हामी ।
उनी र म ३-४ पटक ज्यामिरे दह गयौं । बिहान गएपछि राति घर फर्किन्थ्यौं । कहिले हिँडेर, कहिले साइकलमा त कहिले बाइकमा । दङाली भाषामा भन्नु पर्दा ‘लोत’ परिन्थ्यो ।
त्यतिबेला ज्यामिरे दह सानो पोखरीजस्तो सिमसार थियो । सबैको ध्यान बाह्रकुने तालमै केन्द्रित भइरहँदा हामी भने ज्यामिरे दहतिर बरालिन्थ्यौं । बाह्रकुने कृत्रिमता र धर्ममा हराउँदा ज्यामिरे अझै निश्चल र मानवीय अतिक्रमणदेखि टाढै थियो ।
प्रमोद भन्थे, “ज्यामिरे दह चराहरूको राम्रो वासस्थान हो । यसलाई संरक्षण गर्न सके भविष्यमा Bird Watching Centre बन्न सक्छ । पर्यावरणका लागि ज्यामिरे दह एकदमै महत्त्वपूर्ण छ ।”
उनी मलाई ज्यामिरे दहको कुनाकाप्चा लैजान्थे । झाडी नै झाडीमा हिँड्न एकदम गाह्रो हुन्थ्यो । तर, उनको लगाव देखेर म पनि चुपचाप हिँड्थें । हामी चराहरू खुब खोज्थ्यौं तर खासै भेटाउँदैनथ्यौं । ज्यामिरे दह खुम्चिँदै थियो । झाडी नै झाडीले पानी पूरै भूमिगत भइसकेको थियो, सायद त्यसैले पनि होला ।
प्रमोदचाहिँ दृढ थिए । उनी एक्लै आएका बेला भने थुप्रै चरा भेट्दा रहेछन् । उनी हामीलाई पनि चराहरू देखाउन चाहन्थे तर सँगै गएका बेला खासै देख्नै पाइएन । हामीलाई चरा देखाउन नपाउँदा उनी खिन्न हुन्थे । यसै पनि दाङमा कौवा, भँगेराबाहेक केही देख्नै पाइएको थिएन । रंगीविरंगी चराहरू हेर्ने धोको दाङ बस्ने बेलासम्म पूरा भएन ।
पछि दाङ छोडियो । प्रमोदले पनि संरक्षणको बाटो छाडे । घरझगडा र साथीभाइबाट ‘असहयोग’का कारणले पनि उनको ‘प्यासन’ कम हुँदै गएको थियो । उनी सेलाउँदै थिए । उनी पछि बैंकर भए । बिहे गरे । जीवन बढिरहेकै थियो । बेलाबेला भेट्दा उनी खुसी नै देखिन्थे ।
तर, एकदिन अचानक उनको मृत्युको खबर सुन्यौं । हातखुट्टा लल्याकलुलुक भए । मृत्युभन्दा पनि त्यो हत्या थियो । तर, दोषीले कहिल्यै सजाय पाएन । अहिलेसम्म पनि दोषी मुक्त हिँडिरहेको छ । देशै लाग्दासमेत न्याय नपाउने देशमा विचरा प्रमोदहरूले के न्याय पाउँथे र ! समय फेरि पनि बित्दै गयो । सबैले उनको मृत्यु भुले । मृत्युले जीवन रोक्न सक्छ, समयलाई रोक्न सक्दैन । प्रमोद पनि यसै हराए । ज्यामिरे दहबाट चराहरू हराएजस्तै ।
हिज एक दशकपछि फेरि ज्यामिरे दह गयौं । जाँदा अचम्म लाग्यो । त्यो सुक्नै लाएको ज्यामिरे दह त कति ठूलो भइसकेको रहेछ ! नगरपालिकाको अग्रसरतामा सानो पोखरी ठूलो तालमा परिणत भइसकेको रहेछ । कृत्रिमताले सधैं सौन्दर्य बिगार्छ भन्ने कुरा पनि गलत लाग्यो । होशियारपूर्वक प्रकृतिमा हस्तक्षेप गर्दा राम्रै प्रतिफल निस्किने रहेछ ।
दह छिर्नासाथ चराहरू कराएको आवाज सुनियो । यति ठूलो आवाजमा कराउँदै थिए कि मानौं कोही आएको छ र स्वागत गर्दै छन् । मैले प्रमोदलाई सम्झिएँ । मन भारी भयो ।
डुंगा चढ्दा हामी चकित पर्यौं । कति धेरै चरा !
डुंगामा घुमिरहँदा नीला, हरिया रंगीविरंगी चराहरू देख्यौं । थुप्रै चरा थिए । प्रमोदले भनेजस्तो ‘बर्ड वाचिङ सेन्टर’ सायद यस्तै हुन्छ होला जस्तो लाग्यो । दाङमा यी चराहरू कहिल्यै देख्न पाएको थिइनँ ।
ज्यामिरे दह यति राम्रोसँग संरक्षित गरेर चराहरूको वासस्थान बनेको देख्दा प्रमोदको सपना पूरा भएजस्तो लाग्यो । उनको सुरुवाती योगदान र हस्तक्षेप महत्त्वपूर्ण थियो ।
त्यसैले सपना देख्नुपर्छ । मानिस मरे पनि सपनाहरू कहिल्यै मर्दैनन् ।
चराहरू फिर्ता आए । प्रमोद आएनन् । र, कहिल्यै आउनेछैनन् !
( ज्यामिरे दह : ज्यामिरे दह हो !!! घोराही उपमहानगरपालिका १३ मा पर्छ )
लेखक : दिपक बन्जाडे दाङका पत्रकार लेनिन बन्जाडेको भाइ हुन । उनी NGO मा आवद्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा
फागुन १३, २०८१ मंगलबार
छावाका निर्मातालाई १०० करोड मानहानीको धम्की, निर्देशकले मागे माफी
फागुन १३, २०८१ मंगलबार
उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी
फागुन १३, २०८१ मंगलबार
पशुपति विकास कोषका सदस्य सचिव भन्छन, महाशिवरात्रिमा दशककै बढी भक्तजन आउने अपेक्षा छ
फागुन १३, २०८१ मंगलबार
वीरगञ्ज नाका भएर ७ महिनामा १ खर्ब ४ अर्बको इन्धन आयात हुँदा ४३ अर्ब ११ करोड उठ्यो राजस्व
फागुन १३, २०८१ मंगलबार
पूर्व राजा ज्ञानेन्द्र शाह स्याङ्जामा
फागुन १३, २०८१ मंगलबार
कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा
फागुन १३, २०८१ मंगलबार
छावाका निर्मातालाई १०० करोड मानहानीको धम्की, निर्देशकले मागे माफी
फागुन १३, २०८१ मंगलबार
उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी
फागुन १३, २०८१ मंगलबार
पशुपति विकास कोषका सदस्य सचिव भन्छन, महाशिवरात्रिमा दशककै बढी भक्तजन आउने अपेक्षा छ
फागुन १३, २०८१ मंगलबार
वीरगञ्ज नाका भएर ७ महिनामा १ खर्ब ४ अर्बको इन्धन आयात हुँदा ४३ अर्ब ११ करोड उठ्यो राजस्व
फागुन १३, २०८१ मंगलबार
पूर्व राजा ज्ञानेन्द्र शाह स्याङ्जामा
फागुन १३, २०८१ मंगलबार
कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा
फागुन १३, २०८१ मंगलबार
छावाका निर्मातालाई १०० करोड मानहानीको धम्की, निर्देशकले मागे माफी
फागुन १३, २०८१ मंगलबार
उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी
फागुन १३, २०८१ मंगलबार
पशुपति विकास कोषका सदस्य सचिव भन्छन, महाशिवरात्रिमा दशककै बढी भक्तजन आउने अपेक्षा छ
फागुन १३, २०८१ मंगलबार