वर्षाले काटेर सुकाइएको धानबालीमा क्षति, किसान चिन्तित
नेपालबहस संवाददाता
कात्तिक १, २०७८ सोमबार २०:८:१०
१ कार्तिक, सुदूरपश्चिम । गएरातिदेखि भइरहेको वर्षाका कारण खेतमा काटेर सुकाइएको धानबाली भिजेर क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशका किसान चिन्तित भएका छन् ।
चाडपर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो । दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पु¥याएको कैलालीको गोदावरी नगरपालिकाका किसान भक्तराज ओझाले बताए । उनले भने ,‘‘गए राति परेको पानीले खेतमा काटेको धान सबै भिजेर क्षति पुग्दा चिन्ता थपियो ।” सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा चाडपर्वको समयमा पनि खेतमा पाकेर झुलिसकेको धान बाली भित्र्याउनमा केही दिन देखि किसान व्यस्त थिए ।
खेतमा पानी जमेपछि काटेर सुकाइएको पूरै धान भिजेर क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए ।
‘‘यसपाली विगतको भन्दा पाँच देखि सात प्रतिशत धान उत्पादन वृद्धि हुने अनुमान थियो,’’उनले भने, ‘‘आइतबार दिउँसोसम्म किसान धान काट्नमै व्यस्त थिए, राति अचानक भएको वर्षाले बालीमा क्षति पु¥यायो ।’’
क्षतिको एकिन विवरण आउन भने समय लाग्ने बताइएको छ । थोरै जग्गा भएका किसानले केही दिन अघि नै बाली भित्र्याइसकेको भएपनि बढी जग्गामा खेती गर्नेले बाली भित्र्याइरहेका थिए । किसानको मुख्य आम्दानी स्रोतका रुपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् ।
प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ । सबै भन्दा बढी कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धान खेती हुने गरेको छ । यस्तै पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा यो खेती हुने गरेको छ ।
यस वर्ष बालीका लागि अनुकूल वर्षा भएकोले धान बालीको उत्पादन वृद्धि हुने आँकलन गरिएको थियो । यद्यपी धानबालीमा प्रयोग गर्नुपर्ने रासायनिक मलको अभावका साथै कतिपय क्षेत्रमा फड्के र गबारो किराको समस्या देखिएको थियो ।
यसै बीच वर्षा सँगै गएको पहिरोका कारण धनगढी— डडेलधुरा ‘भीमदत्त’ राजमार्गमा गए रातिदेखि नै आवागमन अवरुद्ध भएको छ । उक्त राजमार्गको भासुभिर सडक खण्डमा पहिरो गएको छ । पहिरो पञ्छाइ यातायात आवागमन सुचारु बनाउन पहल भइरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
पुष १८, २०८१ बिहिबार
तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
पुष १८, २०८१ बिहिबार
इलाममा धान उत्पादन घट्यो
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार