किन हुँदैन भन्सालीसँग सलमानको सहकार्य ?
नेपालबहस संवाददाता
कात्तिक १, २०७८ सोमबार २१:१३:२६
१ कात्तिक, काठमाडौं । केही समय अगाडि सञ्जयलीला भन्साली र सलमान खान प्याचअप भएको खबर बाहिर आयो । यद्यपि, भनिएको त्यो प्रोजेक्टले मूर्तरुप पाउन सकेन । सञ्जय र सलमानको मनमुटावकैबीच प्याचअप भएको खबरको चर्चा सेलाउन नपाउँदा फिल्म नै रोकियो ।
सञ्जय र सलमानले ‘हम दिल दे चुके सनम’जस्ता फिल्म पनि दिएका छन् । त्यसपछि उनले सँगै काम गरेका छैनन् । सलमानले सञ्जयको फिल्म ‘सावरिया’मा केमियो भने गरेका थिए ।
तर, दर्शकले बलिउडका भाइजान सलमानलाई भन्सालीको निर्देशनमा लभ स्टोरीमा हेर्न चाहेका छन्, जुन अझै पूरा भएको छैन । सञ्जयलाई उनको डेब्यु फिल्म ‘खामोसी’मा साथ् दिएका सलमानले ‘हम दिल दे चुके सनम’पछि भने साथ दिएनन् ।
आखिर किन त रु सलमान र सञ्जयको सहकार्यमा तयार भएको दोस्रो फिल्म आएर हिट भएको थियो । त्यसपछि सलमानले ‘साँवरिया’मा मात्र केमियो गरे । सलमान किन रिसाए त रु दोस्रो फिल्म ‘हम दिल दे चुके सनम’ सुपरहिट भएपछि सञ्जयले तेस्रो फिल्मको तयारी थाले ।
उनको तेस्रो फिल्म थियो ‘देवदास’ । उक्त फिल्ममा सञ्जयले शाहरुख खानलाई लिए र सलमानसँग सल्लाह पनि गरेनन् । आफूले गाह्रो समयमा सञ्जयलाई सहयोग गरेको, तर सफल भएपछि उनले बेवास्ता गरेको लागेपछि सलमान सञ्जयसँग टाढिए ।
त्यसपछि ‘साँवरिया’मा भने उनका मिल्ने साथी अनिल कपूरको आग्रहमा सोनाम कपुर र रणवीर कपूरको डेब्यु फिल्म भएकाले सलमान केमियो गर्न तयार भएका थिए । त्यसपछि सलमानले सञ्जयको धेरै फिल्मको अफरलाई अस्वीकार गरे ।
तर, पछिल्लो समय सलमानले आफैँले लभ स्टोरीमा देखिने चाहना व्यक्त गरेपछि सञ्जयले सुनाएको स्टोरी मन परेकाले फिल्म गर्न तयार भएका थिए । त्यसले पनि निरन्तरता पाएन । पछिल्लो समय सलमानलाई दर्शकले प्रेम अवतारमा देख्न चाहेका छन्, तर त्यो पूरा हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार