मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा कांग्रेसलाई ठूलो नोक्सान : नेता निधि
नेपालबहस संवाददाता
कात्तिक १, २०७८ मंगलबार २:४६:५२
१ कार्तिक, जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान हुने दावी गरेका छन् । विगत केही दिनदेखि गृहजिल्ला धनुषामा रहेका उपसभापति निधीले सोमवार पत्रकारहरूसँग कुराकानीमा पार्टीको जनधार मधेश नै रहेकोले मधेशलाई विश्वासमा लिनुको विकल्प नरहेको बताए ।
कांग्रेसको आधारभूमि पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म मधेश रहेको भन्दै नेता निधीले भने,‘ कांग्रेस जहिले पनि मधेशकै भोटको सहयोगमा निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेको छ । मधेशको सहयोगबिना कांग्रेस कहिलै पनि निर्वाचनमा राम्रो गर्न सकेनन् । त्यसकारण कांग्रेसलाई मधेशको सहयोग आवश्यक छ । पार्टीका शीर्ष नेताहरूले पनि यो कुरा बुझिरहेका छन् । तर, अब मधेशले के चाहेको छ रु मधेशलाई कसरी रिझाउन सकिन्छ भन्ने कुरा पार्टीका शिर्ष नेताहरूको हातमा छ ।’
मधेशका जिल्लाहरूको भ्रमणमा जाँदा नेता तथा कार्यकर्ताहरूले आफूले सभापतिमा उम्मेदवारी दिएकोमा खुसी भएको र शुभकामना पनि दिएको नेता निधिले बताए ।
पार्टीलाई मधेश र देशमा मजगुत बनाउन आफूले पार्टीको आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको दावी गर्दै नेता निधिले भने, ‘पार्टीका अधिकांश शीर्ष नेताहरूले पार्टीलाई मधेशको सहयोगको अति आवश्यक छ, तपाईं अगाडि आउनुस्, हामी सहयोग गर्छौं भनेर आश्वासन पाएको छु । र मलाई लाग्छ उहाँहरूले मलाई सभापतिमा सहयोग गर्नुहुन्छ ।’
पार्टीका शीर्ष नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतसँग सभापतिको विषयमा निरन्तर छलफल भइरहेको नेता निधिले बताए । पार्टीको महाधिवेशनमा सत्ताको दुरूप्रयोग नहुनेमा आफू विश्वस्त रहेको नेता निधिले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार