महाकाली नदिका तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह
नेपालबहस संवाददाता
कात्तिक १, २०७८ मंगलबार २:४७:५९
१ कार्तिक, बैतडी । लगातारको वर्षाका कारण महाकाली नदिमा पानीको बहाव बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
आइतबार साँझदेखि सुरु भएको वर्षा अझ दुई दिनसम्म जारी रहने भनिएकाले नदीमा पानीको बहाव बढ्दा जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरिएको हो ।
तटीय क्षेत्रमा पर्ने स्थानीय तहहरूका अधिकारीलाई आआफ्नो क्षेत्रमा सर्तकताका लागि सूचना जारी गर्न भनिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।
बैतडीको महाकाली तटीय क्षेत्रका स्थानीय तहहरूमा दशरथचन्द नगरपालिकाका साथै शिवनाथ, दोगडाकेदार र पञ्चेश्वर गाँउपालिका रहेका छन् ।
यसैगरी, जिल्लाको सिगास गाउँपालिकाका केही वडाहरू सेती नदी तटीय क्षेत्रमा रहेका छन् भने डिलाशैनी गाँउपालिकाको केही भूभाग चौलानी नदी तटीय क्षेत्रमा रहेको छ ।
यसैगरी, सूर्नया गाउँपालिका, पाटन नगरपालिका मेलौली नगरपालिका शिवनाथ गाउँपालिकाका केही भूभाग सूर्नया नदीको तटीय क्षेत्रमा पर्दछन् । नदीहरूको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
यद्यपि, अहिलेसम्म नदीको बहाव खतराको सतहसम्म भने पुगेको छैन । तर, अझै तीन दिनसम्म लगातार वर्षा जारी रहने मौसमविद्ले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार