प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने
नेपालबहस संवाददाता
कात्तिक २, २०७८ मंगलबार १३:३३:३
२ कार्तिक, राजविराज । सप्तरीको राजविराजमा बुधबारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । सप्तरी क्रिकेट संघको समन्वयमा आयोजना गरिने खेलमा १६ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष इ रवीन्द्र यादवले जानकारी दिए । युवा शक्ति क्लब, विष्णुपुरको आयोजनामा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा तेस्रो संस्करणको खेल यही कात्तिक १२ गतेसम्म प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
उक्त खेलमा बोस्टन क्रिकेट एकेडेमी झापा, विराटनगर स्पोर्टिङ क्लब मोरङ, फूलबारी क्रिकेट क्लब सुनसरी, रन्जीतपुर राइडर्स टिम सप्तरी, छिन्नमस्ता स्पोर्टस् क्लब सप्तरी, बजाज युथ क्रिकेट एकेडेमी सप्तरी, रुपनी राइडर्स सप्तरी, तिलाठी कोइलाडी एलेभेन सप्तरी, लायन्स क्लब सप्तरीलगायतको सहभागिता रहने जनाइएको छ ।
उल्घाटन खेलमा लहान क्रिकेट क्लब, सिरहा र फूलबारी क्रिकेट क्लब, सुनसरीबीच प्रतिस्पर्धा हुने प्रतियोगतिा खेलको प्रदेश नम्बर २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले उद्घाटन गर्ने क्लबका कोषाध्यक्ष नन्दकिशोर गुप्ताले बताए । त्यस्तै जनकपुर क्रिकेट एकेडेमी धनुषा, लहान क्रिकेट क्लब सिरहा, धनुषा रोयल क्रिकेट एकेडेमी धनुषा, नरेश सिंह क्रिकेट एकेडेमी महोत्तरी, रौतहट ११ रौतहट, क्रिकेट बजार ११ बारा र यूनाइटेड क्रिकेट क्लब पर्सा सहभागी हुने आयोजित पत्रकार सम्मेलनमा क्लबका सचिव राजेन्द्रकुमार मुखियाले जानकारी दिए ।
खेलमा सप्तरीबाट छ, धनुषाबाट दुई, महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा, सुनसरी, झापा, मोरङबाट एक-एक वटा टिमको सहभागिता हुने जनाइएको । करिब रु १५ लाख बराबरको खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम पुरस्कारको रुपमा नगद रु एक लाख, ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिनेछ भने द्वितीय पुस्कारको रुपमा नगद रु ५० हजार, कप, प्रमाणपत्र, मेडल प्रदान गरिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित
माघ ७, २०८१ सोमबार
यु–१९ महिला विश्वकप क्रिकेट : नेपालद्वारा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य
माघ ७, २०८१ सोमबार
यु–१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा
माघ ७, २०८१ सोमबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार
रूकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
माघ ८, २०८१ मंगलबार
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
माघ ८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार