महाकाली नदीका बाढीमा फसेका पाँचजना रुखमा : उद्धार गर्न आग्रह
नेपालबहस संवाददाता
कात्तिक २, २०७८ मंगलबार १९:४४:४४
राजेन्द्रप्रसाद पनेरु
२ कार्तिक, कञ्चनपुर । भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन् । सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर, वसन्ती , अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ ।
स्थानीय बासिन्दाका अनुसार उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन् । बाढीमा फसेका परिवारको उद्धारका लागि विओपी खल्ला र ब्रह्मदेवबाट सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ । बाढीका कारण बाटोको ठाउँठाउँमा अवरोध हुँदा उद्धार टोली पुग्न ढिलाइ भएको छ । यसैबीच, दोधरा चाँदनी–१० कुतियाकभरस्थित सशस्त्र प्रहरीको अस्थायी क्याम्पमा पानी पसेको छ । क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी नजिकैको विद्यायमा सरेको छ ।
सुकाएको धान बगायो
लगातारको वर्षाका कारण लालझाडी गाउँपालिका क्षेत्रका किसानले काटेको धान पूरै बगेर क्षति भएको छ । अत्यधिक वर्षाका कारण खेतमा काटेको धान दोदा नदीमा बगेर गएपछि स्थानीय किसान मर्कामा परेका छन् ।
नन्दगाउँ, कस्वा, विनावारी, नौरङ्गा, विचवालगायत क्षेत्रका किसानले खेतमा काटेको धान पूरै बगेर गएपछि करोडौँको क्षति भएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले जानकारी दिए । “केही ठाउँमा दोदा नदीको पानी पसेपछि बग्यो,” उनले भने, “केही ठाउँमा वर्षाको पानीले बगाएर धान नदीमा पु¥यायो । निकै ठूलो क्षति भएको छ । पानी पर्न थालेको ४८ घण्टा बित्न लागेको छ । पूरै खेत र बस्ती जलमग्न छन् । काटेको सबै धान बगेको छ ।”
नेपाली कांग्रेसका लाझाडी गाउँ कार्यसमितिका सभापति श्रीकृष्ण रानाका अनुसार धानबाली पूरै नदीमा बगेको टुलुटुलु हेर्नुबाहेक अर्को विकल्प छैन । “निकै ठूलो नोक्सानी भएको छ । किसानले भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । नदी गाउँ पस्दा विगतमा डुबानमा पार्ने गरेको थियो । खेतमा लगाएको बाली नै बगाएर लगेको थिएन । यस बर्ष बाली भित्र्याउने तर्खर सुरु हुनै लाग्दा पूरै बग्यो,” उनले भने ।
स्थानीय लक्ष्मण रानाले दश कट्ठा जग्गामा लगाएको धानबाली पूरै नदीले बताएको बताए । काटेर सुकाउन राखेको धानसँगै मुठा बाँधेर राखेको धानसमेत बगेको उनले बताए । “पानी पर्दै गरेकाले खेतमा बग्न बाँकी रहेको धानसमेत थन्क्याउन सकिने अवस्था छैन । घुँडाभन्दा माथि पानी छ,” उनले भने, “कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।” स्थानीय किसानले सरकारसँग धानको क्षतिपूर्ति र तत्काल राहत उपलब्ध गराउन मागसमेत गरेका छन् ।
दोदा नदीको जलस्तर अहिले ३ दशमलव ५ मिटर रहेको छ । नदीको पानीले चेतावनी तह पार गरेको छ । अझै वर्षा भए नदी गाउँपालिका क्षेत्रका गाउँमा पस्ने खतरासमेत बढेको छ । गाउँपालिकाका होचा ठाउँमा भने नदीको बाढीको पानी पसेको छ । नदीले जग्गा कटानको कार्यसमेत तीव्र रुपमा गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार