सुदूरपश्चिममा बर्षाले मच्चायो बितण्डा, हालसम्म चार जनाको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक २, २०७८ मंगलबार २३:८:५९
◊ मोहन जोशी
२ कात्तिक, धनगढी । तीन दिनदेखिको अविरल बर्षाले सुदूरपशिचममा बितण्डा मच्चाएको छ । महाकाली नदीमा पानीको बहाव उच्च बनेको छ भने नदीमा आएको बाढीका कारण सयौं घर जोखिममा परेका छन् । महाकाली नदीमा अहिले पानीको बहाव पाँच लाख ३१ हजार क्यु सेट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेले बताए । यसैगरी, कञ्चनपुरका अन्य स–साना नदी तथा खोलामा पनि पानीको बहाव बढेको र धेरै स्थानमा बस्ती नै जोखिममा परेका उनले बताए ।
कर्णाली नदीमा आएको बाढीले रानी जमरा–कुलरिया सिंचाई आयोजना अन्तर्गतको ड्याम भत्किँदा कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा परेका छन् । अहिलेसम्म कर्णाली नदीको बाढीबाट ७० भन्दा बढी घरपरिवार विस्थापित भइसकेका छन् । कैलालीको खुटिया नदी, मोहना नदी लगायत स–साना नदी तथा खोलामा पानीको बहाव उच्च बनेको छ ।
बझाङस्थित सेती नदीले पनि बितण्डा मच्चाएको छ । स्थानीयका अनुसार सेती नदी र स्थानीय बाहुली खोलामा पानीको बहाव अत्याधिक बढ्दा सदरमुकाम चैनपुर जोखिममा परेको छ । सदरमुकाममा निर्माणाधीन बसपार्क समेत बगाएको छ। सुदूरपशिचममा बाढी र पहिरोमा परी अहिलेसम्म चार जनाको मृत्यु भसकेको पुष्टि भएको छ ।
कैलालीको खुटिएकाले बगाउँदा गोदावरी–८ का ३० बवर्षीय गणेश आउजी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडामा पहिरो जाँदा स्थानीय ३० बर्षियय बिष्णु अवस्थी र उनकी ६ बर्षीया छोरीको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिका–६ स्थित वीरबहादुर कुञ्जेडाको घरमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।
बझाङको थलारा गाउँपालिका–४ मा पहिरो जाँदा २३ जना बेपत्ता भएको सूचना छ । बाढी तथा पहिरोमा परी दर्जनभन्दा बढी पशुचौपाया मरेका छन् भने सयौं परिवार विस्थापित भएका छन् ।
सुदूरपशिचम प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीले प्रभावित सबै क्षेत्रमा राहत तथा उद्धारका लागि सरकार लागि परेको बताइन् । प्राकृतिक प्रकोपपछि प्रदेश सरकारको आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाइएको उनले बताइन् ।
यसैगरी विभिन्न स्थानमा फसेका नागरिकको उद्धारका लागि दुई वटा हेलिकोप्टर पठाएको मन्त्री जोशीले बताइन । बैतडीको ढुंगाडमा फसेका ६० जनाको उद्धारका लागि ठुलो हेलिकोप्टर त्यसतर्फ पठाएको उनको भनाइ छ । यसैगरी कञ्चनपुरको ब्रह्मदेउस्थित महाकाली टापुमा फसेका पाँच जना तथा कैलालीको मोहन्याल गाउँपालिकास्थित ठुलीगाढको दोभानमा फसेका दुई जनाको उद्धारका लागि पनि हेलिकोप्टर तयारी अवस्थामा रहेको मन्त्री जोशीले बताइन । मौसम अनुकुल हुनासाथै उद्धार हुने उनले बताइन ।
बझाङमा ठुलो मानविय क्षेति भएको भन्ने खबर आए पनि सञ्चारबिच्छेद हुँदा एकिन विवरण प्राप्त हुन नसकेको मन्त्री जोशी बताइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
गोरखाको वीरेन्द्र तालमाथि हिमपहिरो खस्दा अचानक बाढी
बैशाख ९, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
इलाममा मारुती भ्यान दुर्घटना : १ जनाको मृत्यु, एक गम्भीर घाइते
बैशाख १९, २०८१ बुधबार
मनिषा कोइरालाको हिरामण्डी आज रिलिज हुदैँ, लस एन्जलसमा राखियो प्रिमियम 'शो'
बैशाख १९, २०८१ बुधबार
पक्राउ पुर्जी लिएर गएका अधिकारमाथी गोली चलाउँदा अमेरिकामा ४ अधिकारीकाे मृत्यु
बैशाख १९, २०८१ बुधबार
गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह
बैशाख १९, २०८१ बुधबार
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादकत्व बढाउनुपर्छ : राष्ट्रपति पौडेल
बैशाख १९, २०८१ बुधबार
काभ्रेको रोशी गाउँपालिकामा आगलागी, १५ घर जले
बैशाख १९, २०८१ बुधबार