‘पानीफोटो’ मेरो सपनाको फिल्म होः खगेन्द्र लामिछाने
नेपालबहस संवाददाता
कात्तिक ३, २०७८ बुधबार १९:७:४३
३ कात्तिक, काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेलाई उनकै लेखन रहेको फिल्म ‘पशुपति प्रसाद’ ले दर्शकमाझ लोकप्रिय बनायो । ‘बधशाला’ मार्फत अभिनयमा उदाएका खगेन्द्रले त्यसअघि नै ‘टुल्के’ परिचय बनाइसकेका थिए । ‘टलकजंग भर्सेस टुल्के’ मा अभिनय गरेपछि उनले ‘टुल्के’ उपनाम पाएका थिए ।
पछिल्लो समय उनी आफूलाई निर्देशकको रूपमा उभ्याउँदैछन् । उनले निर्देशन गरेको ‘पानीफोटो’ रिलिजको तयारीमा छ । निर्देशनसँगै फिल्ममा उनको अभिनय पनि देख्न पाइनेछ ।
कोरोनाभाइरसको महामारीपछि सिर्जित अवस्थाका कारण उनको फिल्म प्रदर्शनमा ढिलाइ भएको छ । उनले आफै लिखित नाटकलाई फिल्मको स्वरूप दिएर ‘पानीफोटो’ दर्शकमाझ ल्याउँदैछन् । ‘मेरो सपना नै थियो कि यसलाई फिल्म बनाउने, किनकि म यो कथालाई धेरै दर्शकमाझ पुर्याउन चाहन्छु,’ उनले भने, ‘मैले नाटक मञ्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिएँ ।’
लामिछानेले फिल्ममा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा/आमाको कथालाई देखाउन खोजेका छन् । यो फिल्म दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै कथामा निर्माण हुन लागेको हो ।
अभिनेता टर्न निर्देशक खगेन्द्रले आफ्नो बाल्यकालका केही सम्झना पनि समावेश भएकाले ‘पानीफोटो’ नाटकलाई फिल्म बनाउने सपना बनेको स्मरण गरे । उनले आफूले फिल्म निर्माणमा लागेपछि सिकेका कुराहरूलाई सदुपयोग गरी इमान्दारीपूर्वक ‘पानीफोटो’ ल्याउने बताए ।
‘द्वन्द्वले हामीलाई क्षति नै पुर्याएको थियो, त्यसैले फेरि त्यो हुनुहुन्न भन्ने मान्यताका साथ फिल्म बनाउने प्रयास गर्ने छु,’ उनले भने । उनले यो समय द्वन्द्वको कथा भन्ने समय रहेको प्रतिक्रियासमेत दिए । ‘त्यो समयमा द्वन्द्वको प्रभाव थियो त्यसैले हामीले केहीभन्दा एक पक्षलाई राम्रो र अर्कोलाई नराम्रो स्वत लाग्थ्यो, तर अब सबैले बुझेका छन् र हामीले नयाँ पुस्तालाई बुझाउनु छ,’ खगेन्द्रले भने ।
टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा तयार फिल्मलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन् । फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, श्यामकुमार खड्कालगायतका कलाकारको अभिनय रहेको छ ।
पशुपति प्रसाद र धनपति फिल्म निर्माण गरेको टुकी आर्ट्सले फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससँग सहकार्य गरेको छ । फिल्मलाई दर्शकमाझ ल्याउने तयारीमा खगेन्द्र छन् । अभिनेताको रूपमा दर्शकको मन जितेका खगेन्द्र निर्देशनमा के हुन्छन् ? यो भने आउँदो समयले नै बताउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार