महाकालीको तटीय क्षेत्रका बस्ती उच्च जोखिममा
नेपालबहस संवाददाता
कात्तिक ३, २०७८ बुधबार २०:४७:३३
३ कात्तिक, काठमाडौं । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिकाका तटीय क्षेत्रका बस्ती डुबानको उच्च जोखिममा छन् ।
महाकाली नदीमा बनिरहेको चार लेनको पक्की पुलसँगै निर्माण भएको ६ लेनको पहुँच मार्ग भत्किएर बाढी गाउँ बस्ने खतरा बढेको छ । “मंगलबार रातिसम्म पहुँच मार्गको ५० प्रतिशत चौडाइ नदीले कटान गरिसकेको थियो”, इलाका प्रहरी कार्यालय गड्डचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, “अहिले त एक/दुई मिटर मात्रै सडक बाँकी छ ।”
पहुँच मार्ग भत्किए ऐरी, ओदाली, बडैपुर, पिपरियालगायत गाउँ डुबानमा पर्नेछन् । स्थानीय प्रशासनले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा जाली भर्ने कार्य गरेर सम्भावित जोखिम टार्ने प्रयास गरिरहेको छ । नदीमा पानीको बहाव घटिरहेको भए पनि छेउछाउका कटान भने तीव्र बनाएको छ ।
पहुँच मार्ग भत्किएर बस्ती डुबान हुनसक्ने भन्दै सो क्षेत्रका स्थानीयवासीलाई अन्यत्रका विद्यालय र सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले मङ्गलबार मात्रै कञ्चनपुरमा बाढीबाट बच्न दुई हजार सात सय जनालाई सुरक्षित स्थानमा सारिएको बताए । “हिजो ५२७ परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भयो”, प्रवक्ता थापाले भने, “आज महाकाली गाउँ बस्ने खतरा भएकाले ऐरीघाटदेखि दक्षिण झोलुङ्गे पुलसम्म सुरक्षित स्थानमा सर्न माइकिङ गरेका छौँ ।”
उनले धेरै स्थानीय सर्न तयार रहे पनि केहीले अटेर गरेको समेत बताए । “पहुँचमार्ग पूरै बगिसकेको होइन”, उनले भने, “बगेर महाकाली गाउँ पस्ने खतरा पनि धेरै छ ।” उनले आज बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव तीन लाख १२ हजार क्युसेक पुगेको जानकारी दिए । त्यसैगरी दोधारा चाँदनी क्षेत्रमा पनि महाकालीले केही स्थानमा कटान गरिरहेको छ । त्यहाँ जोगबुढा र महाकाली नदीको बाढी गाउँ पस्दा केही वडाहरुका नागरिकलाई उद्धार गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
गोरखाको वीरेन्द्र तालमाथि हिमपहिरो खस्दा अचानक बाढी
बैशाख ९, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय
बैशाख १९, २०८१ बुधबार
लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
बैशाख १९, २०८१ बुधबार
पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ बर्षिय बृद्ध पक्राउ
बैशाख १९, २०८१ बुधबार
काठमाडौं नजिकै भेटियो डाँफे जोडी
बैशाख १९, २०८१ बुधबार
धादिङको तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’
बैशाख १९, २०८१ बुधबार
प्रयोग गरिएको तेलमा पकाएको खाना स्वास्थ्यका लागि हानिकारक
बैशाख १९, २०८१ बुधबार