प्रदीप भट्टराईले भने: पूजा कोठामा महको तस्बिर राख्छु
नेपालबहस संवाददाता
कात्तिक ३, २०७८ बिहिबार ०:१:२७
३ कार्तिक, काठमाडौं । पछिल्लो समय निर्देशनमा प्रदीप भट्टराई खोजिने पहिलो नाम बनिसकेका छन् । मह संचारमा काम गरेको डेढ दशकको अनुभव संगालेर ‘जात्रा’मार्फत फिचर फिल्ममा डेब्यु गरेका प्रदीपले सफलतामा ह्याट्रिक गरेका छन् ।
जात्रामार्फत आफ्नो क्षमतालाई प्रदर्शन गरेका प्रदीपले दोस्रो फिल्म शत्रु गतेमा आफूलाई बक्स अफिसमा प्रमाणित गरे । यिनै प्रदीप निर्देशित तेस्रो फिल्म ‘जात्रै जात्रा’ले समीक्षक र दर्शकबाट ‘उत्कृष्ट’ फिल्म भन्ने प्रतिक्रियाका पायो । यिनले निर्देशन गरेको तीनै फिल्मले नेपालका हलहरूमा ५१ दिनको यात्रा तय गर्न सफल भएको थियो ।
पछिल्लो समय उनीसँग काम गर्न नचाहने निर्माता तथा कलाकार कमै होलान् । मह संचारकै शत्रु गते पनि निर्देशन गरेका प्रदीपले एक अन्तर्वार्ताको क्रममा महलाई बोल्ने भगवानको संज्ञा दिएका छन् । महका म अर्थात् मदनकृष्ण श्रेष्ठ र ह अर्थात हरिवंश आचार्यबाट निर्देशनका विभिन्न तथ्यलाई बुझेका प्रदीपले आफ्नो पहिचानको कारण नै उनीहरू नै रहेको बताए ।
‘म जे छु, महकै कारण छु’, उनले भने, ‘मह मेरो स्कुल मात्र होइन , मेरो सबथोक हो ।’ सर्लाहीको हरिवनबाट काठमाडौं आइपुगेका प्रदीपले सुरुवाती दिनमा महमा सामान्य काम गर्थे । तर , लगनशीलता, मेहनत र क्षमता देखेर उनलाई मह जोडीले मुख्य सहायक निर्देशक बनाए । साथै, उनले महका केही सिरियल निर्देशन पनि गरेका छन् । ‘मैले आफ्नो घर बनाएको दिन पूजा कोठामा महको तस्बीर हुन्छ’, निर्देशक भट्टराई भन्छन्, ‘उहाँहरु मेरो लागि बोल्ने भगवान हुनुहुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार