तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
कात्तिक ४, २०७८ बिहिबार ११:४८:३
वि.सं.२०७८ साल कार्तिक ०४ गते । बिहीबार । ईश्वी सन् २०२१ अक्टोबर २१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि– प्रतिपदा, बेलुकी ०९ बजेर ०० मिनेट उप्रान्त द्वितीया । नक्षत्र–अश्विनी, बेलुकी ४ बजेर २१ मिनेट उप्रान्त भरुणी । योग– बज्र, बेलुकी १० बजेर ०२ मिनेट उप्रान्त सिद्धि । करण– बालव, बिहान ०८ बजेर १७ मिनेट उप्रान्त कौलव, बेलुकी ०९ बजेर ०० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट । दिनमान २८ घडी १९ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- पढाईलेखाइमा राम्रो प्रगती गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । व्यावसायबाट मनग्गे फाईदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक कामगर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा बृद्धी गर्न सकिनेछ । बिभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारीसाधन प्राप्तिको योग रहेको छ । कलाकारित तथा संगित पेशा व्यावसायमा समय लगानी गर्नेहरुले प्रसस्त रुपैया पैसा कमाउने ग्रहयोग रहेकोछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिती खस्केर जाने हुनाले घरायसी खर्च व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाईलेखाईमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेकोछ । व्यावसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । तरपनि छोटो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यावासाय फस्टाएर जानेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- आफन्त तथा दाजुभाईसँग सामान्य कुरामा राज बाजिनेछ भने सम्यमित नभए अप्रिय घटना घट्न सक्छ । सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षती हुने योग रहेकोछ । आफुलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । पढाईलेखाईमा प्रशस्त समय खर्चिएपनि भनेजस्तो नतिजा आउने छैन । लगानी गर्न खोज्दै हुनुहुन्छ भने केही समय पर्खनु नै उचित हुनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’ :- नोकरी तथा जागिरमा आफ्नै कमजोरिले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यावसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा ईज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिससँग बिवाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरुले बिशेष ध्यान दिनुहोला ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाईलेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- व्यापार व्यावसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पतिपत्नीबीच विवाद बढ्नेछ भने चेलीमाईतीबीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागी पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेकोछ भने आर्थिक व्यावस्थापन गर्न नजान्दा घरायसी समस्याहरु सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- मायाप्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाब सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको विकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउन कठिन रहेकोछ । व्पापारमा समय दिन नसक्दा वा ध्यान नदिदा घाटा लाग्न सक्छ । साझेदारी व्यावसाय सकभर आजको दिन सुरु नगर्नु होला । बिलाशि बस्तुको प्रयोग गर्न पाईने भएपनि बढि नै उत्साहित हुदा नकारात्मक परिणाम देखा पर्नेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिस्पर्धीको रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैया पैसा नआउने तथा आफन्तलाई दिएको धनले शत्रुता बढाउनेछ । धन सम्पती हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्तसँग विवाद बढ्नेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- व्यापार व्यावसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगती देखेर मन रमाउनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेको छ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशि हुनेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।
मकर‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- तपाई आफ्नै कारणले आफन्त तथा साथिभाईले तपाईको साथ छाड्नेछन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी हुनेछैन । आफन्तसँग सानो सानो कुरामा मनमुटाब सिर्जना हुनेछ । अन्य काममा नै व्यस्त हुँदा पढ्ने लेख्ने काम थाती रहनेछ । प्रेममा अरुकै नकारात्मक टिप्पणीले शंका उब्जिनेछ । छाती सम्बन्धी समस्या आउने प्रवल सम्भावना रहेको छ ध्यान दिनुहोला । तरपनि भने कृषि, पशुपालन तथा सहकारी व्यावसायमा भने मनग्गे आम्दानि हुनेछ
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- गन्तब्य बिहिन यात्राले समस्या निम्तिन सक्छ ध्यान लिनुहोला । व्यावसायिक यात्रा हुने भएपनि उपलब्धी न्यून हुनेछ । आफन्त तथा दाजुभाईसँग मनमुटाब बढ्नेछ । प्रेममा मनमुटाब सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनुहोला तपाईको पक्षमा निर्णय नआउन सक्छ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- व्यापार व्यापार फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै अगाडी बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार