जङ्गली हात्ती भगाउन सुरक्षाकर्मीको टोली परिचालन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ४, २०७८ बिहिबार १७:५२:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/jhapa-hatti-news_HmMTdVaduO.jpg)
४ कार्तिक, कञ्चनपुर । जङ्गली हात्तीको बथान भगाउन शुक्लाफाँटा नगरपालिकामा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । किसानका खेतमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षतिसमेत गर्न थालेपछि हात्ती भगाउन सुरक्षाकर्मीको टोली परिचालन गरिएको हो ।
नगरप्रमुख दिलबहादुर ऐरका अनुसार हात्ती प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली परिचालन गरिएको छ । हात्ती नियन्त्रणका लागि सुरक्षा निकायका २५ जनाको संयुक्त टोली परिचालन गरिएको छ । हात्तीबाट नगरपालिकाका–१, २, ३, ४, ५, ८, ११ र १२ वडा प्रभावित छन् ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्ती भगाउनका लागि आगो बाल्न दाउरा बाल्ने व्यवस्थासँगै स्थानीय बासिन्दालाई सजग बनाउने र इलेक्ट्रक फेन्सिङलाई व्यवस्थित पार्ने काम भइरहेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले जानकारी दिए । हात्तीको बथानलाई निकुञ्ज क्षेत्रतर्फ फर्काउने काम भइरहेको उनको भनाइ छ ।
लगातारको वर्षाका कारण धानबाली भित्र्याउन नपाएका किसानको धान हात्तीले नोक्सानी गर्न थालेपछि यस क्षेत्रका किसान थप मर्कामा परेका छन् । जङ्गली हात्तीले बुधबारमात्रै नगरपालिकाको वडा नं १२ का दम्पती ध्वजबहादुर कार्की र मथुरा कार्कीको ज्यान लिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । बस्ती नजिकैका सामुदायिक वनमा जङ्गली हात्ती दिउँसै ओहोरदोहोर गर्दै आएका छन् । स्थानीय बासिन्दाले हात्तीकै डरले मेलापात गर्न छाडेका छन् ।
प्रत्येक वर्ष भारतको दुधुवा नेशनल पार्क हुँदै जङ्गली हात्तीको बथान यहाँ आइपुग्ने गर्दछ । वर्षात्का बेला दुधुवा नेशनल पार्कमा पानी भरिने भएकाले हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हँुदै चुरे क्षेत्रसम्म पुग्ने गर्दछ । निकुञ्जको मध्यवर्ती क्षेत्र, त्यसका वरिपरिका क्षेत्र र चुरे क्षेत्रका बस्तीमा हात्तीले बढी नोक्सानी पु¥याउँदै आएको छ । हिँडडुल गर्ने पुरानो प्राकृतिक बाटो ९करिडोर० मासिदा हात्तीले अधिक नोक्सनी पु¥याउने गरेको वन्यजन्तुविज्ञहरुको भनाइ छ ।
“हात्तीले समूहमा रहेका बेला आक्रमण गर्दैन”, विज्ञहरु भन्छन्, “प्रजननका बेला मात चढेको मत्त ९भाले० हात्तीले आक्रमण गरी मानवीय क्षति निम्त्याउने गरेको पाइएको छ ।” छावामाथि आक्रमण हुनसक्ने ठानेमा हात्ती हिंस्रक हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाइते महिलाको हेलिकोप्टरमार्फत उद्धार
फागुन ४, २०८१ आइतबार
प्रसूति व्यथा लागेको १८ घण्टापछि उद्धार
माघ २४, २०८१ बिहिबार
रौतहटमा नेपाली सेनाद्वारा ७०० विपन्नलाई कम्बल वितरण
माघ १७, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
फागुन ५, २०८१ सोमबार
नेपाली विद्यार्थी मृत्यु प्रकरणमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री डा. देउवा
फागुन ५, २०८१ सोमबार
नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसक्यो : प्रधानमन्त्री ओली
फागुन ५, २०८१ सोमबार
धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समुहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार