बाढीले सप्तरीमा २५ प्रतिशत धानबाली पूर्ण रूपमा नष्ट
नेपालबहस संवाददाता
कात्तिक ४, २०७८ बिहिबार २१:५४:१२
सुधा देव
४ कार्तिक, सप्तरी । अविरल वर्षापछि आएको बाढीले सप्तरीमा २५ प्रतिशत धानबाली पूर्ण रूपमा नष्ट भएको छ। कृषि ज्ञान केन्द्र सप्तरीका कार्यालय प्रमुख राजेन्द्र यादवका अनुसार कुल ६८ हेक्टर जग्गामा लगाए धानखेतीमध्ये १७ हेक्टर अर्थात २५ प्रतिशत नष्ट भएको हो ।
धान काटेर खेतमा राखेको र ठडिएको बाली डुबानमा परेर नष्ट भएको प्रमुख यादवले बताए । उनले भने, ‘सप्तरीमा लगाएको केराबाली मध्ये ५० प्रतिशत र २० प्रतिशत तरकारी खेतीमा पनि क्षति पुगेको छ ।’ क्षतिले किसानहरूको दैनिकी थप कष्टकर भएको प्रमुख यादवको भनाइ छ।
विष्णुपुर गाउँपालिकाका ४० वर्षीय बद्री सदाले भने, ‘अर्काको दुई बिगा जग्गामा धान लगाएको थिए । बाढीले सबै कुहियो, वर्ष दिनसम्म के खानु रु जग्गाधनीको कुत कसरी तिर्नु रु’
तिलाठीबाट रामपुर मल्हनियातर्फ जाने क्रममा हनुमानगर कंकालनी नगरपालिका–९ का शम्भु मण्डलको २२ वर्षीय छोरा छोरा लालु मण्डल जिता खोला तर्ने क्रममा बेपता भएका छन् । उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद यादवले जानकारी दिए। बस्तीमा पानी पसेपछि बिष्णुपुर गाउँपालिका–३ को जैवा मण्डल, पृथ्वीनारायण मण्डल, रामलित मण्डल, राजदेव मण्डलको घर भत्किएको छ।
त्यसैगरी, सप्तकोशी नगरपालिका–९ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा गाई वस्तुहरू चराइ फर्किने क्रममा पौडा खोला तर्ने क्रममा आठ वटा बाछाबाछी र गाई बाढीले बगाएको छ। कन्चनरुप नगरपालिका–५ पुर्वी पिपराका चतुरदेव तामाङको एउटा बाछा र रमानन्द चौधरीको एउटा गाई बगेको छ।
यस्तै, तिलाठीकोईलाडी गाउँपालिका–५ सारदा टोलका सनिचर सरदार, महेन्द्र सरदारको घर भत्किएको छ । गुडु सिंहको कृषि फर्ममा पानी पसेपछि फार्मभित्र रहेको ६ सय कुखुरा नष्ट भएको छ।
सप्तरीकोसी नगरपालिका तिलाठी कोईलाडी, हनुमाननगर, राजविराज, खड्क शम्भुनाथ नगरपालिका, कञ्चनरूप नगरपालिका, अग्नीसाईर कृष्णासवरण गाउँपालिका गरि एक दर्जन गाउँपालिका र नगरपालिकाको बस्तीमा पानी पसेपछि दुई हजारभन्दा बढी घर डुबानमा परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
पुष ११, २०८१ बिहिबार
व्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार