‘कोटमार्सलदेखि फिल्मसम्म’ सुशील
नेपालबहस संवाददाता
कात्तिक ६, २०७८ शनिबार १५:४८:०
६ कार्तिक, काठमाडौं । फिल्म ‘होस्टेल रिटन्सुमार्फत फिल्मी क्षेत्रमा आएका सुशील सिटौलाले ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’, ‘गाँजा-बाजा’, ‘रणवीर’ फिल्ममा अभिनय गरिसकेका छन् । उनलाई धेरैले ‘होस्टल रिटन्स’बाटै चिन्छन् ।
तर, उनी फिल्मी यात्राभन्दा अघि थियटरमा रमाइसकेका छन् । धनगढीका सुशीललाई बाल्यकालदेखि नै अभिनय गर्ने रहर थियो । ‘मलाई अभिनय गर्ने रहर थियो तर कसरी फिल्ममा आउने भन्ने थाहा थिएन,’ सुशीलले सुरुवातीका दिनलाई सम्झिदै भने, ‘म अभिनय सिक्नकै लागि धनगढीबाट भारत पुगे ।’ त्यहाँ उनी पढेर स्वदेश फर्किए ।
उनी नेपाल आइसकेपछि अनुप बरालको एक्टर स्टुडियोमा पुगे । अभिनय सिक्ने क्रममा उनले चर्चित नाटक ‘कोर्टमार्सल’ मा अभिनय गर्ने मौका पाए । ‘उक्त नाटकपछि केहि आत्मविश्वास बढेर आयो र त्यसपछि फिल्ममा अभिनय गर्ने अठोटका साथ अघि बढे,’ सुशीलले फिल्मसम्मको यात्रालाई सम्झिदै भने, ‘मैले नयाँ नयाँलाई अवसर दिने मेकरका रुपमा सुनिल रावलको नाम सुने र उँहालाई सामाजिक सञ्जाल मार्फत सम्पर्क गरे ।’ सुशील आफैँले सम्पर्क गरेर अडिसन दिए । तर, त्यो होस्टल रिटन्सको लागि थिएँन , तर उक्त प्रोजेक्ट नाबनेता पनि उनले अवसर पाए ।
डेब्यु फिल्म मार्फत नै दर्शकको मन जितेका सुशीलले अन्य फिल्ममा पनि आफूलाई फरक रुपमा प्रस्तुत गर्दै आइरहेका छन् । ‘मैले सकेसम्म आफ्नो क्यारेक्टरलाई फरक गर्न खोज्छु,’ सुशील भन्छन्, ‘कमेडी गरे र रणवीर एक्सन पनि गरे ।’ उनले अभिनय गरेको फिल्ममा ठूलो बजेटको फिल्म ‘रणवीर’ नै थियो । फिल्ममै आफ्नो भविष्यलाई देखिरहेका सुशीलको सुरुवात ‘कोर्टमार्सल’ बाट राम्रै रुपमा भएको थियो । यद्यपि फिल्म मार्फत उनले त्यो सफलता हात पार्न सकेका छैनन् । त्यसो त उनको करियरकै टर्निङ प्वाइन्टको रुपमा हेरिएको फिल्म ‘रणवीर’ को असफलताले पनि उनको यात्रालाई असहज बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार