अवरुद्ध दूरसञ्चार सेवा एक सातापछि संचालनमा
नेपालबहस संवाददाता
कात्तिक ६, २०७८ शनिबार २१:७:५५
६ कार्तिक, ताप्लेजुङ । ताप्लेजुङमा अवरुद्ध भएको दूरसञ्चार सेवा एक सातापछि संचालनमा आएको छ । बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध बनेको दूरसञ्चार सेवाअन्तर्गत ल्याण्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेट सेवा शुक्रबारदेखि संचालनमा आएको हो ।
सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा सञ्चालित दूरसञ्चार सेवा अवरुद्ध बनेको थियो । आइतबारदेखि बुधबार साँझसम्म अविरल पानी परेकाले अप्टिकल फाइबरमा समस्या आएका कारण दूरसञ्चार सेवा अवरुद्ध बनेको थियो ।
अविरल वर्षापछि पानी जमेका कारण इटहरी र विराटनगर तथा इलामको फिक्कलमा अप्टिकल फाइबर मर्मत गरिएपछि सेवा सुरु भएको नेपाल टेलिकम कार्यालय ताप्लेजुङका प्राविधिक दिपेन खवासले बताए ।
नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा सदरमुकाम फुङ्लिङसहित आसपासका क्षेत्रमा वितरित एक हजार १०० बढी ल्याण्डलाइन टेलिफोन, मोवाइल सेवा,इन्टरनेट सेवा प्रायः ठप्प भएको थियो ।
इन्टरनेट नचल्दा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका सेवा प्रवाहमा अवरोध सिर्जना भएको छ । इन्टरनेट नचलेकाले तीन दिनदेखि बैङ्किङ सेवा अवरुद्ध हुँदा जिल्लामा आर्थिक कारोबार ठप्प बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता
असोज १, २०८१ मंगलबार
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अर्याल नियुक्त
भदौ २३, २०८१ आइतबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार