छायांकनमा अक्षय कुमारको ‘ओ माई गड २’
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ आइतबार १८:२३:१२
७ कात्तिक, काठमाडौं । बलिउडमा रुचाइएको फिल्ममध्येको एक हो ‘ओ माई गड’ । फिल्ममा परेश रावल, अक्षय कुमार, मिथुन चक्रवतीलगायतको अभिनय थियो ।
फिल्मले उठाएको विषयलाई दर्शकले रुचाए । कसरी धर्मका नाममा पछिल्लो समय केहीले आफ्नो व्यापार फस्टाएका छन् भन्ने यसमा देखाइएको थियो । यही कारण थियो फिल्मले चर्चा पाउनुमा । कन्सेप्ट पनि केही नयाँ थियो ।
यो फिल्मको सफलताले पनि यसको नयाँ सिरिज दर्शकको पर्खाइमा थियो। सन् २०१२ मा प्रदर्शन भएको फिल्मको सिक्वेल छायांकनमा गएको छ । यसलाई दर्शकले १० वर्षपछि सन् २०२२ मा हेर्न पाउनेछन् । फिल्मको छायांकन प्रारम्भ भएको जानकारी अक्षय कुमार स्वयंले सामाजिक सञ्जालमार्फत दिएका छन् । ुफिल्मका लागि तपाईको शुभकामनासँगै आशीर्वादको खाँचो छ,ु अक्षय लेख्छन्, ुहामीले इमान्दारितापूर्वक महत्वपूर्ण सामाजिक इस्यु देखाउने कोसिस गर्दै छौँ ।ु अमित रायको निर्देशनमा तयार हुने फिल्ममा पंकज त्रिपाठी, यामी गौतमलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
पहिलो भागमा धर्मका नाममा भइरहेका व्यापारलाई दर्साएको फिल्मले यसपटक सामाजिक मुद्दालाई उठान गर्ने भएका छन् । फिल्मको विषयमा एक प्रतिक्रिया दिँदै अक्षयले फिल्मले समाजकै एक मुद्दालाई चित्रण गर्ने बताएका छन् । ुहामीले पहिलो भागझैँ यसपटक पनि सशक्त मुद्दालाई दर्शकसमक्ष ल्याउदैछौँु एक भारतीय पत्रिकाको अन्तर्वार्तामा उनले भनेका छन्, ुहाम्रा लागि विश्वास कारक हो भने अन्धविश्वास हानीकारक, यसलाई फिल्मले केही हदसम्म प्रस्ट्याउने छ ।ु
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार