बेष्ट फाइनान्सको नाफा १२ करोड ११ लाख, प्रतिशेयर आम्दानी पनि बढ्यो
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ आइतबार १८:३८:२७
७ कात्तिक, काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बेस्ट फाइनान्सको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढाएको छ । यस अवधिमा कम्पनीले १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सले दिएको विवरणअनुसार कम्पनीको नाफामा राम्रो सुधार आएको भन्न सकिन्छ ।
अघिल्लो वर्ष यसै अवधिमा कम्पनीको खराब कर्जा १४ दशमलव २६ प्रतिशत थियो । यसअनुसार कम्पनी ८९ लाख ९९ हजार रुपियाँ नोक्सानमा थियो । यस अवधिसम्म आउँदा कम्पनीको खराबकर्जा १० दशमलव २१ प्रतिशतले घटेर चार दशमलव ०५ मा झरेको छ । यसले नाफा बढाउन ठूलो सहयोग पुगेको देखिन्छ ।
यसैगरी, कम्पनीको यस त्रैमाससम्म आइपुग्दा प्रतिसेयर आम्दानीमा आकर्षक वृद्धि भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ८१ पैसाले बढेर ५८ रुपैयाँ ४७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३५ पैसा छ ।
यस अवधिसम्म आउँदा कम्पनीको खुद ब्याज अम्दानी भने तीन दशमलव ५७ प्रशितले घटेर दुई करोड ७२ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको यस अवधिसम्मको वितरण योग्य मुनाफा पनि २७ करोड २५ लाख रुपैयाँ ऋणात्मक छ ।
यस वर्ष सञ्चालन आम्दानी १३ करोड ८१ लाख ६७ हजार रुपैयाँ नाफामा छ । अघिल्लो वर्ष ६० लाख रुपैयाँ नोक्सानमा थियो । असोज मसान्तसम्ममा फाइनान्सको १२ करोड ६६ लाख ९८ हजार रुपैयाँ इम्पेरिमेन्ट चार्ज रिभर्स भएको छ ।
फाइनान्सको असार मसान्तसम्म आउँदा कम्पनीको चुक्ता पुँजी ८२ करोड ८९ लाख १३ हजार रुपैयाँ छ भने जगेडा कोषमा ४७ करोड ९६ लाख ८४ हजार रुपैयाँ छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले तीन अर्ब नौ करोड १६ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई ३७ करोड ३८ लाख ७१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । असार मसान्तसम्म कम्पनीको आधारदर (बेसरेट)१० दशमलव ५८ प्रतिशत छ । कष्टअफ फण्ड सात दशमलव ०९ प्रतिशत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरवार्ड माइक्रोफाइनान्सले १४ प्रतिशत लाभांश वितरण गर्ने
असोज १७, २०८१ बिहिबार
सपोर्ट माइक्रोफाइनान्सको नाफा बढ्यो
साउन १०, २०८१ बिहिबार
तेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार