सेवा प्रवाहमा दुर्गमले उछिन्यो सुगमलाई
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ आइतबार २०:१२:१७
हेमन्त केसी
७ कात्तिक, जाजरकोट । बारेकोट गाउँपाललिले सेवा प्रवाहमा जाजरकोटका सबै स्थानीय तहलाई उछिनेको छ । ६ वटा स्थानीय तहलाई पछि पार्दै बारेकोट एक नम्बरमा आएको हो ।
स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाइ गरिएको समीक्षामा अन्य पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका ४३ वटा सूचकलाई आधार बनाइ समीक्षा गरेकोमा बारेकोटले सयमा ६१.९२ अङ्क ल्याएको छ । यस्तै भेरी नगरपालिकाले दोस्रो र नलगाड नगरपालिका तेस्रोे स्थानमा रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।
कुशे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र जुनीचाँदे गाउँपालिकाको सेवा प्रवाह भने निकै कमजोर देखिएको छ । भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोट गाउँपालिकाका सबै ठाउँमा सडक पुगेको छैन । तर पनि सुरक्षित सुत्केरी गराउने दर अन्य पालिकाभन्दा बढी छ । जिल्लाको सदरमुकाम रहेको भेरी नगरपालिका दोस्रो स्थानमा आउँदा यहाँको सेवा प्रवाह कमजोर देखिएको तथ्याङ्कले पुष्टि गरेको छ । जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने नलगाड नगरपालिका तेस्रोमा छ । नलगाडले अघिल्लो वर्षको भन्दा सेवा प्रवाह खराब गरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
आशा जाग्दै सुरक्षित सुत्केरी हुने दर
ज्यान जोखिममा राखेर घरमै सुत्केरी हुने यहाँका महिला अहिले सुरक्षित रूपमा स्वास्थ्य संस्था आएर सुरक्षित सुत्केरी हुने दर बढेको छ । बढ्दो जनचेतनाका साथै गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि सुरक्षित सुत्केरी हुनेको दर बढेको हो । घरमै सुत्केरी हुँदा समस्या आउनेबित्तिकै धामी, झाँक्रीको सहारा लिने स्थानीयवासी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा जाने गरेको बारेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिनुभयो । नियमित गर्भजाँच गर्नेको संख्या समेत बढेको छ ।
नलगाड, छेडागाड र शिवालय गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा प्रवाह गरिरहेका छन् । अधिकांश गाउँमा कच्ची सडकको ट्रय्याक खुलेसँगै स्वास्थ्य सेवा पाउन सहज भएको नलगाड नगरपालिका– ७ का कमल सिंहले जानकारी दिए । उनका अनुसार बालबालिकाले नियमित खोप औषधिसमेत पाएका छन् ।
कुशे गाउँपालिकामा स्ट्रेचरसम्म छैन
कुशे गाउँपालिकाका सबै वडामा स्ट्रेचरकै अभाव रहेको खुलेको छ । स्वास्थ्य सेवा कार्यालयले शनिबार आयोजना गरेको समीक्षाका क्रममा यस्तो खुलाएको हो ।
५० वटा स्ट्रेचर आवश्यक भए पनि १० वटा मात्रै रहेको तथ्यांकबाट खुलेको छ । कुशे जिल्लाको सन्जाल सेवा नपुगेको तथा जुम्लाको सिमानामा रहेको गाउँपालिका हो । प्रसूति गराउने पाँच वटा बेड माग भए पनि अझै तीन वटा अपुग छ ।
सामान्य बेड समेत अभाव रहेको समीक्षामा जनाइएको थियो । प्रसूति गृहमा चाहिने टर्च लाइट पनि शुन्य रहेको बताएको छ । सुरक्षित गर्भपतन सेवा गाउँपालिकामा नहुँदा समस्या भइरहेको छ ।
नलगाड नगरपालिकामा वर्ष दिनदेखि एक्स रे मेसिन नहुँदा समस्या हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार