दिउँसै गोठमा छिरेर बाघले चौपाया मारेर खान थालेपछि…
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ आइतबार २०:५५:५८
७ कात्तिक, कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले मारेर खान थालेको हो । शनिबार मात्रै बेलडाँडी–२ का रङ्गवीर बस्नेतको गोठमा बाँधेका बाख्रा मारेर खाएको छ भने सोही ठाउँका शङ्करदत्त भट्टको गोठमै रहेको बाच्छीलाई घाइते बनाएको छ । तीन दिनअघि मात्रै बस्नेतको गोठमै छिरेर बाघले गोरु मारेको थियो ।
“विगतमा रातिमात्रै बस्तीमा बाघ आएको सुन्ने गरेका थियौँ”, स्थानीय विमल धामीले भने, “अब बाघले दिउँसै बस्तीमा छिरेर गोठामा बाँधेका चौपाया मारेर खान थालेको छ, दुई साताको अवधिमै बाघले यस क्षेत्रका आधा दर्जन बढी किसानले पालेका बाख्रालगायत चौपाया मारेर नोक्सानी गरेको छ ।”
साँझ नपर्दै बस्तीमा बाघ देखापर्न थालेपछि स्थानीय बासिन्दा त्रसितसमेत भएका छन् । साँझअगावै स्थानीय बासिन्दाले बाघकै डरले गाउँमा हिँडडुल गर्नसमेत बन्द गरेका छन् ।
बाघले चौपायामा क्षति पु¥याउन थालेपछि स्थानीय बासिन्दाले नियन्त्रणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई अनुरोधसमेत गरेका छन् ।
बाघ नियन्त्रणका लागि हालसम्म कुनै पनि प्रयास हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ । बाघसँगै बँदेल, हात्तीले समेत यस क्षेत्रका बासिन्दाले लगाएको बालीनालीमा नोक्सानी पु¥याउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार