टी–२० विश्वकपः भारतको जीतका लागि चण्डीगढमा हवन पूजा
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ आइतबार २०:५९:४४
७ कात्तिक, एजेन्सी । सन् २०२१ को टी–२० विश्वकप क्रिकेट यूएई र ओमानमा जारी छ। २४ अक्टोबर अर्थात आज साँझ ७ः४५ मा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान खेल्दै छन्। विश्वभरका आमनागरिक उत्सुकतासँग यो खेल पर्खिरहेका छन् ।
भारत र पाकिस्तानबीचको खेल क्रिकेट म्याच मात्र नभएर दुई देशको प्रतिष्ठाको विषय समेत बन्ने गरेको छ । यहीँ कारण समर्थकहरूले भारतीय टीमको जीतको लागि चण्डीगढमा हवन पूजा गरेका छन् । समर्थकहरूले आइतबार दिउँसो भारतीय टोलीको जीतको कामन गर्दै चण्डीगढस्थित सेक्टर–३० को शीव मन्दिरमा हवन पूजा गरेका हुन्।
हवनमा वृद्धवृद्धासँगै बालबालिका समेत सहभागी छन् । यस क्रममा बालबालिकाहरूले हातमा भारतीय खेलाडीहरूको पोस्टर बोकेका थिए । भारतीय टोलीको जीतका लागि यो हवन गरेको स्थानीय यादवेन्द्र मेहताले बताए । उनले भारतीय टोलीको जित निश्चित रहेको दावी पनि गरे ।
भारत–पाकिस्तानबीतको खेल हेर्न विभिन्न सहरमा ठूला स्क्रिन पनि जडान गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०को कुनै पनि प्रतियोगितामा भारत र पाकिस्तानबीचको खेल आकर्षणको केन्द्र बन्ने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित
माघ ७, २०८१ सोमबार
यु–१९ महिला विश्वकप क्रिकेट : नेपालद्वारा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य
माघ ७, २०८१ सोमबार
यु–१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा
माघ ७, २०८१ सोमबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु
माघ ८, २०८१ मंगलबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार
रूकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
माघ ८, २०८१ मंगलबार
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
माघ ८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार