काठेखोलाकी लालमाया तरकारी बेचेरै लखपति
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ आइतबार २१:२३:२
७ कार्तिक, बलेवा । मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिएकी छिन् ।
काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौँ कमाउन थालेकी हुन् । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको जग्गासमेत उपयोग गरेर उनले कमाइ गरेकी छिन् । गाउँमा उत्पादन भएको तरकारी बजार पुग्छ, बजारमा भएको पैसा गाउँ पुगेको छ ।
उनले आफ्नो जमिनबाहेक मासिक रु छ हजार भाडा तिरेर आठ रोपनी जमिन भाडामा लिएकी छिन् । त्यही भाडाको बारीले सात वर्षदेखि उनलाई लखपति बनाएको छ । उनको आशिष कृषि फार्ममा वर्षभरि नै ताजा तरकारी पाइन्छ । उनले लामो समयदेखि निरन्तर खेतीमै जोड दिन्छिन् । एक वर्षमात्र हैन, पछिल्लो सात वर्षदेखि उनले नियमित कमाइ गर्न सकेकी छिन् ।
उनले भनिन, “कृषिको हाकिमभन्दा मेरो कमाइ बढी छ ।” तालिम दिने हाकिमले मासिक तलब खाने गरेको तर आफ्नो दैनिक कमाइ भइरहेको उनले बताइन । दश वर्षअघिसम्म खान लाउने समस्याले पुनले ज्याला मजदुरी गर्थिन् । चार छोरी पाल्ने उनको चुनौती तरकारी खेतीले पूरा गरिदिएको हो । संयोगले भेटिएका कृषि कार्यालयका अधिकृतले तालिममा सहभागी गराएपछि उनले भाडाको जमिनमा खेती गर्ने योजना बनाएकी थिइन । त्यो अभियानले अहिले उनी अगुवा र कर्मठ किसानमा गनिन्छिन् । उनको बारीमा के हिउँद, के वर्षात् निरन्तर तरकारी लटरम्म हुन्छ ।
उनको बारीमा हिउँदमा लटरम्म फल्ने केराउ, काउली र मोटरकोसा, बर्षात्मा खुर्सानी, गोलभेडालगायत तरकारी लगाएर यो सफलता पाइएको छ । “सिजनअनुसार फल्ने तरकारी पनि लगाएकी छु, बेमौसमी तरकारी प्लाष्टिकको घरमा लगाउँछु”, उनले भनिन, “महिलाले केही गर्न सक्दैनन् भन्थे, आँट गरेर सफल भएकी छु ।”
धेरै वर्षसम्म सिक्किम लोकल जातको केराउ लगाएर कमाएको र अहिले सबैखाले खेती थालेको उनले बताइन् । उनले भनिन, “टनेलभित्र गोलभेडा मात्रै गर्ने चलन तोडेर खुर्सानी लगाएर पनि लाख कमाउन सकेँ ।” अहिले पनि उनका टनेलमा गोलभेडा, प्याज, रायो साग, अकबरे खुर्सानी, मुसुरो दाल, काउली बन्दा जस्ता उत्पादन लटरम्म फलेका छन् । लेखानी गाउँसहित बागलुङ बजारमा पनि नियमित तरकारी बेच्ने गरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिर्तामोड नगरपालिकाले तोक्यो तरकारीको न्यूनतम् समर्थन मूल्य
माघ १५, २०८१ मंगलबार
सुन्तला खेतीले फेरियो दोसल्ले गाउँको मुहार
माघ १४, २०८१ सोमबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार