एनआरएनएको टोली राहत उपलब्ध गराउन कञ्चनपुर
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ आइतबार २१:२६:४४
७ कार्तिक, महेन्द्रनगर । गैर आवासीय नेपाली संघ ‘एनआरएनए’को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ । भीमदत्त नगरपालिका–११, १२ र १३ का साथै दोधाँरा–चाँदनीमा बाढी प्रभावित बस्तीका बासिन्दालाई पहिलो चरणमा आज साँझदेखि राहत दिइने एनआरएनएका राहत कार्यक्रम संयोजक मनोज गोर्खालीले जानकारी दिए ।
“पूर्वमन्त्री रमेश लेखकको पहल र उनले बाढी प्रभावित क्षेत्रको पीडा झल्किने तस्बीर देखाएपछि तत्काल हाम्रो टोली पीडामा साथ दिन यहाँ आइपुगेको हो”, संयोजक गोर्खालीले भने, “पहिलो चरणमा रु ८० लाख बराबरको राहत प्याकेज वितरण गर्दैछौँ ।”
उनले पहिलो चरणमा पीडित बस्तीका अतिविपन्न समुदायका ३०० परिवारलाई पहिलो चरणमा राहत वितरण गरिने जानकारी दिए । प्याकेजमा त्रिपाल, लत्ताकपडा, खाद्यान्नसहित प्रतिपरिवारलाई रु ३५ हजार बराबरको सहयोग हस्तान्तरण गरिन लागेको छ ।
एनआरएनएले राहत वितरणका लागि स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ । यहाँ एनआरएनएलाई सहजीकरण गरिरहेका कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष माधव जोशीले दोधाँरा–चाँदनी राहत लैजान स्थानीय प्रशासनसँग समन्वय भइरहेको बताए ।
“वनबासा पुल भएर राहत लैजान भारतीय पक्षसँग स्थानीय प्रशासनले समन्वय गरिरहेको छ”, उनले भने, “आजैदेखि राहत वितरण सुरु हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार