पीडामा सप्तरीका किसान : बेमौसमी पानीले सखाप पार्यो बाली
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ सोमबार १:२५:०
सुधा देव
७ कार्तिक, सप्तरी । सप्तरीको राजविराज नगरपालिका( १ चनौरा पडरिया की ४० वर्षीया कवितादेवी यादवले अर्काको १८ कठ्ठा खेतमा लगाएको धानबाली नष्ट भएको छ ।
बेमौसमी पानी परेर आएको बाढीले बाली नष्ट पारेपछि उनलाई अब के खाने भन्ने चिन्ताले सताइरहेको छ । त्योभन्दा ठूलो चिन्ता जग्गाधनीले कुत माग्यो भने के गर्ने भन्ने छ उनलाई ।
श्रीमान् भए पनि एकल महिला जस्तै जीवन बिताउन बाध्य छन् उनी । श्रीमान्ले अर्को विवाह गरेर गएको १० वर्षभन्दा बढी भयो । विवाह गरेको केही समयमै अर्को विवाह गरेर उनी अलगै बस्न थाले ।
त्यसपछि कविताको काँधमा एक्लै सासू-ससुरा र चार छोराछोरीको जिम्मेवारी आयो । सुरुमा त सासू-ससुराले पनि उनीहरूलाई सहयोग गरेका थिए । अहिले उनीहरू बूढाबूढी भएर राम्ररी हिँड्डुल गर्न पनि सक्दैनन् ।
सम्पत्तिको नाममा घडेरीबाहेक उनको केही छैन । सहयोग गर्ने पनि कोही छैन । अर्काको १८ कठ्ठा जग्गामा लगाएको भर थियो, त्यही पनि बाढीले सखाप पारिदियो ।
ुलगाएको खेती बाढीले बगायो । अब परिवारै भोकभोकै मर्ने स्थिति आएको छ । अब कसरी बाच्ने होला रुु, कविताले भनिन् । मजदुरी गरेर पनि सधैँ खाने अवस्था नभएको उनको दुखेसो छ ।
तीन छोराछोरी पढ्न विद्यालय जान्छन् । बिरामी सासू-ससुरा घरमै बस्छन् । उनको काँधमा ठूलो जिम्मेवारी छ । आर्थिक अभावका कारण जेठी छोरीको बालविवाह गरेर पठाएको उनले बताइन् ।
सोही ठाउँकी कंकडियादेवी नौनियाको पनि १० कठ्ठा जग्गाकै भर थियो । उनी वर्षभरि मौसमी तरकारी लगाएर बेचेर परिवारको पालन पोषण गर्दै आएकी थिइन् ।
बेमौसमी पानी परेर आएको बाढीले चौपट्टै पारेको कंकडियाको गुनासो छ । काउली, आलु, खुर्सानी, गोलभेडा, सागसहित फलाउनका लागि एक लाख रुपैयाा खर्च गरेको गरेको उनले बताइन् । श्रमसमेत पानीले बगाएपछि आठ जनाको परिवार बिचल्लीमा परेको कंकडियाको दुखेसो छ ।
‘सरकारले अहिलेसम्म सप्तरीका किसानका लागि राहत दिने कुनै घोषणा गरेको छैन । विभिन्न ठाउँबाट पाएको आश्वासन पनि आश्वासनमा सीमित हुने गरेको छ’, उनले भनिन् ।
सोही ठाउँका ५५ वर्षीय हरिहर चौधरीको पनि १० कठ्ठा काटेको धानबाली पानीले नष्ट गरेको छ । दुई कठ्ठामा गरिएको तरकारी खेतीमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ ।
‘मेरो परिवार कृषिमा निर्भर छ । विकल्पमा आम्दानीको कुनै बाटो छैन । तरकारी बारीमा २० हजार खर्च र परिश्रम लागेको थियो’, उनले भने, ‘धानबालीमा त भनेर साध्य छैन । अब दुई छाक खानै नपाई मरिने डर भयो ।’
जिल्लाको दक्षिणी क्षेत्रका छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिकासहित पश्चिमी भेगका बलान विहुल, राजगढ गाउँपालिका, बोदेबरसाइन, डाक्नेश्वरी नगरपालिका र पूर्वी भेगका राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकालगायतका क्षेत्रमा धानबालीलाई पानीले बढी असर गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यस वर्ष जिल्लाको ६८ हजार हेक्टर जग्गामा धानबाली लगाइएको थियो । रोपाइँको बेला समयमै मनसुन भएकाले सत प्रतिशत रोपाइँ भएकाले जिल्लामा धान उत्पादन बढ्ने अनुमान केन्द्रको थियो ।
बाली बीमासम्बन्धी अवधारणा अहिलेसम्म नगरपालिकाभित्र आउन नसकेको स्थानीय किसानहरूको गुनासो छ । बाली बीमा गराउन नसक्दा सप्तरीबासी झन् पीडित भएको स्थानीयको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
बाख्रापालनले फेरिँदै सुकमायाको जीवनस्तर
पुष ९, २०८१ मंगलबार
यस वर्ष कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान बर्खे धान उत्पादन
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार