देउवालाई चुनौती दिँदा लम्बियो प्रदेश १ सरकारको आयु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ सोमबार २:३९:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/prdes-sava_jHaOgb9YOr.jpg)
७ कार्तिक, विराटनगर । प्रदेश १ सरकारको नेतृत्व पाउनुपर्ने नेपाली कांग्रेसले अडान राख्दै आएको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारलाई दरिलो बनाउन बागमती र प्रदेश १ मा सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने बताएका थिए । नेकपा एकीकृत समाजवादीलाई मनाउनका लागि देउवाले गरेको निर्णय अहिले उनकै लागि झन्झटिलो बनेको छ ।
कांग्रेसकै नेता शेखर कोइराला खेमाका नेताहरू भने यो निर्णयको विरोधमा थिए । विराटनगर आएका बेला पनि नेता शेखर कोइरालाले दुई वटा प्रदेशमध्ये एउटामा कांग्रेसले नेतृत्व गर्न पाउनुपर्ने बताएका थिए । प्रदेश १ को सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनु पर्ने आफ्नो अडान रहेको उनले सुनाएका थिए ।
प्रदेश १ मा कांग्रेसका २१ जना सांसद छन् । यीमध्ये ७–८ जना मात्रै देउवा पक्षका छन् । अन्य सांसद कोइराला पक्षका हुन् । देउवाको निर्णयपछि कोइराला खेमाका सांसदहरू आक्रोशित बनेका थिए ।
ती आक्रोशित सांसदहरूले आजको संसद् बैठकमा ‘फ्लोर क्रस’ गर्न सक्ने सम्भावना देखिएको थियो । तर, केन्द्रमा देउवा नेतृत्वको वर्चस्व भएकाले ‘फ्लोर क्रस’ गर्ने सांसदहरूलाई पदबाटै हटाउन सक्ने छाँट देखिएपछि कांग्रेस संसदीय दलले आजको प्रदेश सभा बैठक स्थगित गर्न माग गरेको एक कांग्रेस सांसदले बताए ।
१० बजे सभामुख प्रदीपकुमार भण्डारीलाई कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आज बस्ने भनिएको बैठक सार्न भन्दै सहयोगीमार्फत पत्र पठाएका थिए । लगत्तै एमालेका प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीले पनि १५ गतेसम्मका लागि बैठक स्थगन गर्न माग राख्दै निवेदन सभामुखलाई दिएका थिए ।
आज मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिनका लागि बैठक बोलाइएको थियो । देउवा प्रदेश १ को भ्रमणमा आएको मौका छोप्दै आजको संसद् बैठक रोक्न कोइराला खेमाका सांसदहरूले निवेदन दिएको कांग्रेसकै सांसदहरूको भनाइरहेको छ ।
प्रधानमन्त्री प्रदेश १ मा आएकाले सांसदहरू व्यस्त भएको भन्दै निवेदन दिए पनि कांग्रेस संसदीय दलको बैठकमा भने सबै सांसदको सहभागिता रहेको थियो । तर कांग्रेस कोइराला खेमाका सांसदले भने गठबन्धन निर्णय मान्ने भन्न भने छाडेका छैनन् ।
कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले कांग्रेस भित्रै केही आन्तरिक समस्या देखिएकोले बैठक स्थगन गर्न माग गरिएको बताएका छन् ।यता सत्तापक्षका सांसदहरूले भने सरकारको विरोध गर्ने दलहरूले नै कुरा परिवर्तन गरेर बैठक स्थगन गर्न माग गरेको आरोप लगाएका छन् ।
‘मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा बस्नु भएको थियो,’ नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, ‘पाटीको अधिवेशन तथा स्थायी कमिटी बैठक १३ गते सम्म रहेको छ १४ गते आउने समय राखेर कात्तिक १५ गतेसम्मका लागि बैठक रोक्न निवेदन दिएका हौं ।’
प्रदेश सभा बैठक कात्तिक १५ गते सम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव शुक्रबार पेस गरेका थिए । आज छलफल र मतदान गर्ने तयारी थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
कोशीमा स्वास्थ्य क्षेत्रमा साढे ३ अर्बको बजेट
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार