बाढीपीडित पाँच दिनदेखि अन्धकारमा
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ सोमबार २:५४:५१
७ कार्तिक, झापा । बेमौसमी बाढीले बिजुलीको पोल बगाउँदा गौरीगञ्ज-१ का बाढीपीडित पाँच दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । अविरल वर्षासँगै गत मंगलबार राति आएको बाढीले बिजुलीको तार र पोलमा क्षतिपुर्याउँदा बाढीपीडित अन्धकारमा बस्न बाध्य भएका हुन् ।
बिजुलीको पोल ढल्दा गौरीगञ्ज-१ को बाढी प्रभावित क्षेत्रका करिब १५० बाढीपीडितको घरमा बिजुली अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बुल्लुचोक सबस्टेसनले जनाएको छ । ‘बिजुली नहुँदा हामीलाई धेरै समस्या भएको छ । न मोबाइल चार्ज गर्न पाएका छौं । न त घरमा बत्ती बाल्न नै,’ हुकलबारीका बाढीपीडित चन्द्र कार्की भन्छन्, ‘एकदम समस्या भएको छ । राति टुकी बालेर बसिरहेका छौं ।’
बाढीपीडितले कम्मरसम्म आउने माई नदी छिचोल्दै उत्तरी गाउँमा आएर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता छ । ‘छोरीमान्छे आउन सक्दैनन् । हामी नै मोबाइल भेला पर्छौँ र माथि लाइन भएको ठाउँमा चार्ज गर्न लैजान्छौं,’ उनले भने, ‘कम्मरसम्म आउने पानीको प्रेस धेरै छ । चार्ज गर्न जाँदा त गइन्छ । तर, फर्कँदा के हुने हो टुंगो हुँदैन ।’
अर्को गाउँमा चार्ज लगाएको मोबाइल बालेर बाढीपीडित रात कटाउँदै आएका छन् । ‘घरमा सबै लेदो जमेको छ । जसोतसो बसेका छौं । राति सर्प आउँछ भन्ने डर त छदैछ,’ हुकलबारीका बाढीपीडित अलि मुदिन भन्छन्, ‘बिजुली नहुँदा हामीलाई धेरै समस्या भएको छ ।’ हुकलबारी जाने बिजुलीका तीन वटा पोल माई नदीले बगाएको छ । विद्युत् प्राधिकरणले पनि बनाउने कोसिस गरिरहेको जनाएको छ ।
अहिले स्थानीयको सहयोगमा काठको पोल गाड्ने काम भइरहेको छ । तर, यो अस्थायी मात्र भएको बाढीपीडित सागर सुनुवार बताउँछन् । ‘लाइन बिना केही नहुने भयो । बाढी आउँदा चारतिरबाट नदीले घेरेको थियो बीचमा हामी थियौं । आफन्तलाई सुरक्षित भएको जानकारी पनि गराउन सकिएन,’ उनी भन्छन्, ‘त्यसैले अहिले हामी नै लागेर बिजुली गाउँसम्म पुर्याउने तयारी गर्दैछौं । हामी आफैं पैसा उठाएर भए पनि लाने भन्नेमा थियौं । तर, विद्युत् प्राधिकरणले नै खर्च गर्यो । हामीले श्रमदान गर्यो ।’
अहिले लैजान लागिएको विद्युत् अस्थायी हो । काठको पोल एकदमक कमजोर छ । सामान्य हावाले पनि लडाउन सक्ने सुनुवार बताउँछन् । ‘यो त अस्थायी मात्र काम दिन्छ । सामान्य हावाले पनि लडाउँछ । तर, अहिलेलाई काम चलाउन भए पनि लानै पर्ने बाध्यता छ,’ उनले भने ।
विद्युत् प्राधिकरण बुल्लुचोक सब स्टेसनका प्राविधिक विजयकुमार ताजपुरीयाले सोमबारसम्म बाढीपीडित गाउँमा बिजुली पुर्याउने योजना रहेको बताए । स्थानीयको सहयोगमा अस्थायी रूपमा भए पनि गाउँमा बिजुली पुर्याउन धमाधम काम गरिरहेको उनले बताए । ‘अहिले मुख्य कुरा बिजुली हो । अँध्यारोमा बाढीपीडितलाई समस्या हुन्छ भनेर हामीले खोला घट्ने बित्तिकैदेखि काम सुरु गरेका छौं,’ उनले भने, ‘तर, यो अस्थायी हो । यहाँ भत्किएको बाटो बन्यो र सिमेन्टको पोल पारिसम्म पुर्याउन पाइयो भने मात्र स्थायी बन्छ । नभए अहिलेलाई अस्थायी नै हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
कोशीमा स्वास्थ्य क्षेत्रमा साढे ३ अर्बको बजेट
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार