केपी ओलीको आँखाको इसारामा जब कलाकार विल्सनविक्रमले उड्नै लागेको फ्लाइट क्यान्सिल गरे
नेपालबहस संवाददाता
कात्तिक ८, २०७८ सोमबार १४:३:३
८ कार्तिक, बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी ओली हाल गृहजिल्ला झापाको भ्रमणमा छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई मार्गबाट भद्रपुर ओर्लिए । भद्रपुरमा उनको जम्काभेट कलाकार विल्सन विक्रम राईसँग भयो । राई आफैं पनि ओलीका फ्यान ।
त्यसमाथि ओलीले पनि रुचाएका एवं गृहजिल्लाबासी कलाकार । भद्रपुर विमानस्थलमा राईसँग अध्यक्ष ओलीको आँखा जुध्यो । इसारामै ओलीले सोधे कता हो रु जवाफमा आँखाको इशारामै विल्सनले काठमाडौं जान लागेको भने । ओलीले हुँदैन यतै रोकिन भने इशारामै । विल्सनले ‘म जान लागेको हुँदैन’ ? भने आँखाको इशारामै ।
ओलीले आँखाको इशारामै कडा रुपमा तपाईँ यतै रोकिनुस्, नजानुस् भने पछि विल्सन रोकिए । ओलीलाई विल्सन रोकिएलान् जस्तो लागेको थिएन । तर एकैपटक भद्रपुर-१ पृथ्वीनगरस्थित पिता मोहन ओलीको घरमा विल्सनलाई देखेपछि ओलीले सोधे, तपाईँ पनि यता, टिकट क्यान्सिल गर्नुभयो ?
यो कुरा विल्सन स्वयंले अध्यक्ष ओलीकै अगाडि भनेका हुन् । बिर्तामोडमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा कार्यकर्ता हँसाउन आएका विल्सनले ओलीलाई हसाउँदै आफू कसरी कार्यक्रममा आएको जानकारी गराए ।
लिम्बुको छोरा, नेम्वाङको भाञ्जा भन्दै उनले सुवास नेम्वाङलाई मामा पर्ने भन्दै सेवारो ‘नमस्ते’ भने । अनि ओलीसँग आफ्नो छुट्टै सम्बन्ध रहेको आँखा झिम्केपछि त्यसको भाव बुझिहाल्ने बताए । ओलीको आग्रहमा आफूले काठमाडौंको टिकट क्यान्सिल गरेर कार्यक्रममा सहभागी भएको उनले सुनाए ।
उपस्थित नेता कार्यकर्तालाई हँसाउने क्रममा विल्सनले केही जोकका साथै गीत पनि गाएका थिए । उनको प्रस्तुतिमा नेता कार्यकर्तासँगै अध्यक्ष ओली पनि मख्ख थिए । विल्सन ओलीका पिता मोहन ओलीको घरदेखि प्रवेश कार्यक्रममा आफ्नो प्रस्तुतिसँग सँगै थिए । ओलीले पनि आफ्नो सम्बोधनमा विल्सनलाई सम्झिएका थिए ।
कार्यक्रममा काठमाडौंमा कलाकार राजा रानेन्द्र र गायिका पूर्णकला बिसी पनि पुगेका थिए । उनीहरुले पनि आ-आफ्नो प्रस्तुति दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
कोशीमा स्वास्थ्य क्षेत्रमा साढे ३ अर्बको बजेट
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार