कार्यालयमै कर्मचारीबीच अश्लील बाझाबाझ, प्रहरीसम्म पुग्यो विवाद
नेपालबहस संवाददाता
कात्तिक ८, २०७८ सोमबार १७:२१:४५
हेमन्त केसी
८ कार्तिक, जाजरकोट । स्वास्थ्य सेवा कार्यालयको ल्याब शाखामा आवश्यक पर्ने सामग्री कार्यालय प्रमुख टिकाराम जैसीसँग माग गर्न जाँदा स्वाथ्यकर्मीबीच झण्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । कार्यालय प्रमुखसँग आवश्यक सामग्री माग्दा अन्य शाखाको स्वास्थ्यकर्मीको टाउको दुख्नु अनौठो रूपमा हेरिएको छ ।
चौविसै घण्टा ल्याबमा काम गर्नुपर्ने स्वास्थ्यकर्मीले त्यहाँ आवश्यक पर्ने सामग्रीहरू माग्दा कार्यालय प्रमुख जैसीले कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी गंगा रेग्मीलाई ‘तपाइँले लिएको पुरै सामग्री बुझाएको देखिएन, बाँकी फिर्ता गर्नुहोस्’ भनि सल्लाह दिएपछि स्वास्थ्यकर्मी गंगा रेग्मीले म बुझाउदिन भन्दै विवाद सुरु भएको थियो । कार्यालय प्रमुखको कार्यकक्षकै अपशब्द प्रयोग गरी बाझाबाझ भएको भिडियोसमेत सार्वजनिक भएको छ ।
ल्याबमा कार्यरत स्वास्थ्यकर्मी हरिकला, कमला रावललाई स्वास्थ्यकर्मी रेग्मीले जागीर खाइदिने मात्र नभई कार्यालय प्रमुखलाई समेत अश्लील शब्दले गाली गरेको भिडियोमा स्पष्ट सुनिन्छ ।
रेग्मी पुरै आक्रोषित भएको र हरिकला लगायतका ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीहरू कम बोलेको भिडियोमा देखिन्छ । कार्यालय प्रमुख जैसीले ‘तपाइँहरू झगडा गर्ने भए बाहिर गएर गर्नुहोस्, यहाँ नगर्नुहोस् र कार्यालयको गरिमा अनि इज्जतसमेत बचाउनुहोस्’ भन्दै झगडा मत्थर पार्न खोजेको देखिन्छ ।
दुई दशकभन्दा बढी जागीर खाएको स्थायी कर्मचारी हो म, करारकाले हल्ला गर्ने भनि रेग्मीले ल्याबका स्वास्थ्यकर्मीलाई हप्काएको भिडियोमा सुनिन्छ । स्वास्थ्य सेवा कार्यालयमा ल्याबमा काम गर्ने सबै करारका नै छन् ।
हरिकला सिंहले पटक पटक ल्याबमा काम गर्न आफू नसक्ने भन्दै राजीनामा दिँदासमेत काम गर्ने मान्छे नहुँदा उनलाई रोकिएको छ । स्वास्थ्य सेवा कार्यालयमा यो लफडा भएपछि जिल्ला प्रहरी कार्यालयमा गालीबेइज्जतीको उजुरी दर्ता भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सर्वोच्चको बोर्डमा कालो रङ्ग छ्यापी विरोध प्रदर्शन [ फोटो फिचर ]
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार