हाँकु विद्यालय : वर्षा र बाढीले बगाएर बगरमा परिणत
नेपालबहस संवाददाता
कात्तिक ८, २०७८ सोमबार १९:४८:४७
८ कार्तिक, खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति मावि ‘हाँकु विद्यालय’ वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ ।
अहिले विद्यालयमा गिट्टी र ढुङ्गा थुप्रिएको छ । कोरोना संक्रमणका कारण लामो समयसम्म विद्यालय बन्द भएर भर्खरै सञ्चालनमा आएको थियो तर यही कात्तिक १ गतेदेखि परेको निरन्तर वर्षाका कारण नदीमा आएको बाढीले विद्यालय नै बगाएकाले पठनपाठन ठप्प भएको विद्यालयका विद्यार्थी बताउँछन् ।
विद्यालय असोज ३० गतेदेखि सञ्चालन गरिएकामा कात्तिक १ गतेको बाढीले सबै बगायो । उक्त विद्यालयका प्रधानाध्यापक जाज्वाल्यराज न्यौपानेले भने, “विद्यालय बगर बनेको छ । पठनपाठन सञ्चालन गर्न कठिन छ । बाढीले यहाँका विद्यार्थीको भविष्य खोसेको छ । बगाउन नसकेका केही भवनमा पनि तत्काल कक्षा सञ्चालन गर्न पनि नसकिने अवस्था छ ।
कोठामा बालुवा थुप्रिएको छ । झ्याल, ढोका फुटेका छन् । डेस्क–बेञ्च छैनन् । तत्काल मर्मत गर्न सकेकेमा छ कोठामा विद्यार्थीलाई पढाउन सकिन्छ । विद्यालय बगर बनेपछि विद्यार्थी पढ्नसमेत डराइरहेका छन् । सामान्य वर्षा हुनेबित्तिकै विद्यार्थी र अभिभावकले विद्यार्थी स्कुल पठाउन सक्ने अवस्था रहेन । अहिले विद्यालयमा अध्ययनरत ६९४ विद्यार्थी अलपत्र छन् ।
विद्यालयको ६५० वर्गमिटर घेरबारको कुनै निसाना छैन । विद्यालयलाई नमूना विद्यालयका रुपमा अघि बढाउनका लागि कार्यक्रम सुरु भइसकेको थियो । रु एक करोड ५० लाखमा दुई पक्की भवन निर्माण हुँदै थिए । यो शैक्षिकसत्रदेखि नमूना विद्यालय बनाउने योजना थियो ।
डिजिटल प्रविधि अपनाएर जिल्लाकै उत्कृष्ट विद्यालय बनाउने गतिमा काम भइरहेको थियो, प्रधानाध्यापक न्यौपानेले भने, “न विद्यालय नमूना बनाउन सकियो न त बाढीबाट बचाउनै सकियो । फेरी सुरुदेखि काम प्रारम्भ गर्नुपर्ने भयो । नमूना विद्यालय बनाउनका लागि अहिलेसम्म गरिएका सबै मेहनत बालुवामा पानी खन्याए झैँ भयो । कम्पाउण्ड बनिसकेको थियो । प्लाष्टर गरेर विभिन्न आकृतिका चित्र बनाउने र सन्देशमूलक सामग्री राख्न बाँकी थियो । सिसी क्यामराको निगरानीका साथै पठनपाठन गर्ने, हरेक कक्षमा साउण्ड बक्स राख्ने, प्रोजेक्टरका माध्यमबाट अध्ययन गराउने कार्यक्रम तर्जुमा भइसकेको थियो ।
आगन्तुक पुस्तिका राख्ने र हरेक व्यक्तिलाई विद्यालयमा प्रवेश कार्ड उपलब्ध गराउने, कार्डविहीन व्यक्तिले विद्यालयमा छिर्न नपाउने व्यवस्था हुन लागेको थियो । विद्यालयभित्र बाढी पसेपछि सबै सपना चकनाचुर भएको प्रधानाध्यापक न्यौपानेले बताए ।”
विद्यालयलाई पहिलेकै अवस्थामा फर्काउन त सक्छौँ तर सबैको साथ चाहिन्छ । बाढीले विद्यालयको भवन, घेराबार, खेलकूद मैदान, स्टोर गरेर राखेका डेस्क बेञ्च, नयाँ विद्यालय बनाउन राखिएको फर्निचर, सरिया तीन बण्डल, भवन निर्माणका लागि राखिएको काठ, शौचालय, मञ्च सबै बगाएको छ । बाढीले रु एक करोड ६६ लाख ३५ हजार बराबरको मालसामानमा क्षति पु¥याएको विद्यालय प्रशासनले जनाएको छ ।
बाढीले जिल्लाको तातोपानी– ७ र तिला गाउँपालिकाको सेतीबाडा रहेको विद्यालय पनि डुबाएको छ । बाढीले क्षति पु¥याएको विद्यालयमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले अनुगमन गर्नुभएको थियो । अनुगमनपश्चात् उनले भने, “ विद्यालयलाई पहिलेकै अवस्थामा सञ्चालन गर्न सबै निकायको साथ अनिवार्य रहेको छ । तत्काल विद्यालय मर्मत गरेर भए पनि पठनपाठन सञ्चालन गर्न यहाँका सरोकार निकायले पनि ध्यान दिनुपर्ने भएको छ ।” शान्तिपूर्णरुपमा र भयरहित वातावरणमा पठनपाठनको व्यवस्था मिलाउन यहाँका विद्यार्थीले माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार