ड्रग्स केसले ‘बलिउड’ त्रासमा ! कारण यस्ताे छ
नेपालबहस संवाददाता
कात्तिक ८, २०७८ सोमबार २१:२:२५
८ कार्तिक, काठमाडौं । बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान यतिबेला जेलमा छन् । उनीसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर कारबाही गरिरहेको छ । आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो ।
उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए पनि उनलाई हाल मुम्बईस्थित आर्थर रोड जेलमा राखिएको छ । आर्यनसँगै पक्राउ परेका एक व्यक्तिबाट ड्रग्स भेटिएपछि सबैलाई एउटै मुद्दा बनाएर एनसीबीले कारबाही गरिरहेको छ ।
आर्यनको जमानत दुई पटक खारेज भएपछि उनको वकिलले मुम्बई हाइ कोर्टमा जमानतका लागि अपिल गरेका छन् । जसको सुनुवाइ २६ अक्टोबरमा हुँदै छ ।
यसका साथै आर्यनको ह्वाट एप्समा बलिउड एक्ट्रेस अनन्या पाण्डेसँग भएको कुराकानीका आधारमा एनसीबीले घरमा छापा मारेर ल्यापटप र मोबाइल सिज गरेर बयानसमेत लिइसकेको छ । गतवर्ष कोरोनाभाइरसको महामारी केही समान्य हुँदै गर्दा बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएर अगाडि आएको ड्रग्स केसमा केही बलिउड सेलिब्रेटीलाई एनसीबीले बयानको लागि बोलाएको थियो । दीपिका पादुकोण, सारा अलि खानलगायत बलिउडका चिनिएका अनुहारलाई एनसीबीले बोलाएर सोधपुछ गरेको थियो ।
केही समयअगाडि कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियासमेत ड्रग्स केसमा परेका थिए । उनीहरूले आफुले ड्रग्स सेवन गर्ने गरेको बयानका क्रममा स्वीकारसमेत गरेका थिए । यद्यपि, उनीहरूलाई पनि कारबाही भएन ।
तर, पछिल्लो समय ड्रग्स केसमा जोडिएका आर्यनलाई एनसीबीले गरिरहेको कारबाहीले बलिउडमा त्रास फैलिएको छ । स्टारका छोराछोरी वा स्टार धेरै पार्टीमा पुग्ने गरेका छन् । उनीहरू पुगेको पार्टीमा कसैले ड्रग्स सेवन गरे, आफु पनि त ‘जेल’ पुग्नु पर्ने होइन रु भन्ने डर उनीहरूमा छ ।
‘हाम्रो बच्चाहरू धेरै पार्टीमा जाने गर्छन्, त्यहाँ कसैले ड्रग्स लिए पनि उनीहरू जेल पुग्न सक्छन’, एक स्टार पिताले भारतीय मिडियासँग नाम नखुलाउने शर्तमा भनेका छन् । उनले चर्चाकै लागि एनसीबीले बलिउडलाई टार्गेट गरिरहेको आरोपसमेत लगाएका छन् ।
’आर्यनले न ड्रग्स लिएका छन्, नत उनीसँग ड्रग्स नै भेटिएको छ । तर, पनि उनी तीन सातायता जेलमा छन्’ उनले भने, ‘आर्यन घटनाक्रममा एनसीबीको नियत राम्रो देखिँदैन ।’
पछिल्लो समय एनसीबीले बलिउडलाई टार्गेट गरेपछि बलिउडकर्मीहरूमा त्रास बढेको हो । बलिउडमा ड्रग्स कनेक्सनको खोजमा रहेको एनसीबीले लगातार आफ्नो कारवाही अगाडि बढाइरहेको छ ।
आर्यन केसमा ट्विस्ट
हालै आर्यन केसमा एक ट्विस्ट आएको छ । एनसीबी प्रमुख समीर वानखेडेमाथि आर्थिक चलखेलको आरोप लागेको छ । आफूलाई केपी गोसावीको बडिगार्ड बताउने एनसीबीकै एक प्रत्यक्षदर्शी प्रभाकर सैल मिडियासँग कुराकानी गर्दै गोसावी र सैम डिसुजा नाम गरेका व्यक्तिबीच २५ करोडको चर्चा भएको बताएका छन् ।
‘गोसावी र सैमले १८ करोेडसम्म दिएको खण्डमा केस मिलाउने बताएका थिए । जसमध्ये आठ करोेड एनसीबीका अधिकारी समीर वानखेडेलाई दिनुपर्ने कुरा गरेको थिए ।’ सैलले यस्तो बताएपछि केस नयाँ दिशामा मोडिने बुझिएको छ । एनसीवीले ६ अक्टोबरमा सार्वजनिक गरेको प्रेस रिलिजमा प्रभावकरको नाम प्रत्यक्षदर्शीमा राखिएको छ ।
प्रभावकरको यो भनाइ सार्वजनिक भएसँगै आर्यन खानको ड्रग्स मुद्दा पैसाका लागि रचिएको सुनियोजित खेल भएको भन्दै एनसीबीका प्रमुख समिरलाई कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा ट्विट गरिएको छ ।
आर्यनको हाइ कोर्टमा अपिल
अपिलमा आर्यनले आफूलाई एनसीबीले फसाउने नियत राखेको आरोपसमेत लगाएका छन् । ‘मेरो ह्वाटएप्स च्याटलाई गलत तरिकाले बाहिर ल्याइएको छ,’ आर्यनले अपिलमा भनेका छन्, ‘मैले ड्रग्स सेवन गरेको छैन र मसँग केही प्रतिबन्धित सामग्री भेटिएको पनि छैन । तर, पनि म जेल बस्न बाध्य छुँ ।’
उनले पार्टीमा आफूले अरबाज र आचित नामक दुई साथीलाई मात्र चिनेको खुलाएका छन् । आर्यनले अपिलमा आफूलाई फसाउने षड्यन्त्र भइरहेको जनाउँदै न्यायका लागि यहाँसम्म आएको उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार