स्कटल्यान्डमाथि अफगानिस्तानको सानदार जित
नेपालबहस संवाददाता
कात्तिक ९, २०७८ मंगलबार १२:२५:४२
९ कार्तिक, काठमाडौं । अफगानिस्तानले टी-० विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ । सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर रहमान र राशिद खानको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानले १ सय ३० रनको सानदार जित हासिल गरेको हो ।
जितका लागि १ सय ९१ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा ६० रनमै अलआउट भयो । ओपनर जर्ज मुन्सेले २५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् । मुजिबले ५ र राशिदले ४ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो । अफगानिस्तानका नाजिबुल्लाह जद्रानले सर्वाधिक ५९ रन जोडे । स्कटल्यान्डका लागि सफ्यान सरिफले २ विकेट तथा जोश डेभि र मार्क वाटले १-१ विकेट लिए ।
जितसँगै अफगानिस्तान समूह २ को शीर्षस्थानमा उक्लिएको छ । यसअघि आइतबार पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै २ अंक जोडेको थियो । अर्को समूहमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई, अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई र बंगलादेशले वेस्ट इन्डिजलाई पराजित गरेका थिए ।
मंगलबार पहिलो खेलमा पौने ४ बजे दक्षिण अफ्रिकाले वेस्ट इन्डिजको सामना गर्नेछ । राति पौने ८ बजे हुने खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
सञ्चालनमा आयो कमलादीमा भासिएको सडक
मंसिर २७, २०८१ बिहिबार
सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने
मंसिर २७, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर
मंसिर २७, २०८१ बिहिबार
आज पनि म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
मंसिर २७, २०८१ बिहिबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार