रणवीर कपुरलाई इम्तियाज अलिको फिल्ममा अफर
नेपालबहस संवाददाता
कात्तिक ९, २०७८ मंगलबार १६:५८:२१
९ कात्तिक, काठमाडौं । रणवीर कपुरको हिट फिल्मको लिस्टमा माथि आउने नाम हो, रकस्टार । यो फिल्मबाट उनले दर्शकको माया त पाएनै अवार्ड पनि पाए । बर्फी, रकस्टार जस्ता फिल्मले रणवीरको क्रेजलाई धेरै नै बढाउन सहयोग गर्यो । रकस्टारको कुरा गर्ने हो भने यसलाई इम्तियाज अलिले निर्देशन गरेका हुन् । फिल्मममा रणवीरले गायकको भूमिका निर्वाह गरेका थिए, जसलाई निकै रुचाइयो ।
यिनै रणवीरसँग त्यसपछि इम्तियाजले काम गरेको फिल्म ‘तमासा’ हिट हुन सकेन । फिल्म पारखी केहीले यसलाई आउटस्ट्यान्डिङ भने पनि यसलाई आमदर्शकले रुचाएनन् । त्यसपछि यी दुईको सहकार्य भएन । इम्तियाजले शाहरुख खानसँग ‘जब ह्यारी मेट सेजल’, कार्तिक आर्यन र सारा अलि खानसँग ‘लभ आजकल’ को निर्देशन गरे । तर, दुई फिल्म नै बक्स अफिसमा सफल हुन सकेन ।
त्यसैले यतिबेला इम्तियाजले रनबीरलाइ दुई फिल्म अफर गरेका छन् । उनले स्क्रिप्टमा काम गरिरहेको फिल्ममध्ये एक संगीतकार अमरसिंह चम्किलाको जीवनीमा आधारित छ भने अर्को सोसल ड्रामा रहेको बताइएको छ । संगीतकार चम्किलाको लाइफ नै कन्ट्रोभर्सियल रहेको थियो भने सोसल ड्रामा बढ्दो आत्महत्यामा आधारित हुनेछ ।
इम्तियाजले दुवै रोललाई रणवीरले न्याय गर्ने भन्दै स्क्रिप्ट दिएका छन् । ुसंजुु पछि आफ्नो करियरलाई माथि पुर्याउने फिल्म छानिरहेका रणवीर र केही समययता दर्शकको विश्वास जित्न नसकेका इम्तियाजबीचको सहकार्यको पर्खाइ दर्शकलाई पनि उत्तिकै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार