कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड

नेपालबहस संवाददाता
कात्तिक ९, २०७८ मंगलबार १७:४:५७

९ कात्तिक, काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति वेंकैया नायडूले ६७औँ राष्ट्रिय फिल्म अवार्ड विजेता फिल्म र कलाकारलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।
यसघि कंगनाले २००८ मा फिल्म ‘फेसन’मा सहायक अभिनेत्रीको रुपमा पहिलो राष्ट्रिय पुरस्कार , २०१४ मा ‘रानी’ फिल्मको सर्वश्रेष्ठ अभिनेत्रीको रुपमा दोस्रो राष्ट्रिय पुरस्कार र २०१५ मा कंगनाले ‘तनु वेड्स मनु’ मा बेस्ट एक्ट्रेस को पुरस्कार पाएकी थिइन् ।
मनोज वाजपेयीले ‘भोंसले’ र धनुषको ‘असुरन’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे । ६७औँ राष्ट्रिय फिल्म अवार्डमा नितेश तिवारीको निर्देशनमा रहेको फिल्म ‘छिछोरे’ उत्कृष्ट फिल्म घोषित भएको छ ।
सुपरस्टार रजनीकान्त ‘दादासाहेब फाल्के’ अवार्डबाट सम्मानित भएका छन् । केन्द्र सरकारको सूचना तथा प्रसारण मन्त्रालय, केन्द्रीय सरकार अन्तर्गत आउने चलचित्र महोत्सव निर्देशनालयले अवार्ड दिने गरेको छ । अवार्ड समारोह कोरोना महामारीका कारण एक वर्ष ढिला भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार