स्कटल्यान्डविरुद्ध शानदार जितपछि राशिद खानले दिए भावुक सन्देश
नेपालबहस संवाददाता
कात्तिक ९, २०७८ मंगलबार १७:२७:१४
९ कार्तिक, एजेन्सी । यूएई र ओमानमा जारी सन् २०२१ को टी-२० विश्वकप क्रिकेटमा सोमबार भएको खेलमा अफगानिस्तानले स्कटल्यान्डविरुद्ध शानदार जित हात पारेपछि अफगानिस्तानका अनुभवी खेलाडी राशिद खानले भावुक सन्देश दिएका छन्। उनले यो शानदार जितले अफगानिस्तानका जनताको अनुहारमा खुसी ल्याएको बताएका हुन् ।
राशिद खानले ट्वीट गर्दै लेखेका छन्, ‘राम्रो सुरूवात सबैलाई बधाई छ। र, विशेष गरी अफगानिस्तानको झन्डा स्वदेश फर्केका मानिसहरूलाई। मलाई आशा छ यो जितले तपाईलाई मुस्कान र उत्सव मनाउने कुरा दिएको छ। हामी सबैभन्दा राम्रो गर्नेछौं र देश र राष्ट्रलाई अझ गर्व गर्नेछौं। तपाईंको प्रार्थना र समर्थन सधैं अफगानिस्तानको प्रमुख झन्डा हो, अफगानिस्तान जिन्दावाद।’
Great start congratulations to Everyone and specially to the people back home 🇦🇫.I hope this win have given you something to smile and celebrate. INSHALLAH We will do the best and make the country and nation more proud.Your prayers and support is always🔑🇦🇫
Afghanistan zindabad pic.twitter.com/w53EorFNws
— Rashid Khan (@rashidkhan_19) October 25, 2021
सोमबार भएको सुपर १२ अन्तर्गत आफ्नो पहिलो खेलमा स्कटल्यान्डविरुद्ध अफगानिस्तान १ सय ३० रनले विजयी भएको थियो। शारजाहमा अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १०.२ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो।
उसका लागि जर्ज मुन्सेले २५, क्रिस ग्रीभ्सले १२ र कप्तान काइल कोएट्जरले १० रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।अफगानिस्तानका लागि मुजीब उर रहमान र राशिद खानले घातक बलिङ गरे। रहमानले ४ ओभरमा मात्र २० रन खर्चिएर ५ विकेट लिए।
यस्तै,राशिदले २।२ ओभरमा ९ रन दिएर ४ विकेट लिँदा नवीन उल हकको नाममा एक विकेट रह्यो। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएरन १ सय ९० रन बनाएको थियो।
उसका लागि नजिबुल्लाह जद्रान र रहमानउल्लाह गुर्बाजले शानदार ब्याटिङ गरे। जद्रानले ३३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५९ रन बनाउँदा गुर्बाजले ३७ बलमा ४ छक्का र १ चौकासहित ४६ रनको योगदान दिए।
यस्तै, मोहम्मद शहजादले २२, हजरतुल्लाह जाजाईले ४४ र कप्तान मोहम्मद नाबीले नटआउट ११ रन जोडे। बलिङमा सफायान सरिफले २ तथा जोश डेभी र मार्क वाटले १–१ विकेट लिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सञ्चालनमा आयो कमलादीमा भासिएको सडक
मंसिर २७, २०८१ बिहिबार
सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने
मंसिर २७, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर
मंसिर २७, २०८१ बिहिबार
आज पनि म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
मंसिर २७, २०८१ बिहिबार