रेसमा सलमानसँगै सैफ अलि खानलाई अफर
नेपालबहस संवाददाता
कात्तिक ९, २०७८ मंगलबार २१:२५:१८
९ कार्तिक, काठमाडौं । बलिउडको हिट थ्रिलर फिल्म ‘रेस’ को चौथो सिरिज बन्ने भएको छ । रमेश तौरानीको निर्माणमा तयार भइरहेको रेस सिरिजको पहिलो र दोस्रो भागलाई अब्बास मस्तानले निर्देशन गरेका थिए । जसलाई दर्शकहरूले पनि रुचाएका थिए ।
यसको तेस्रो सिरिजलाई भने रेमो डिसुजाले निर्देशन गरेका थिए, जसमा सलमान खानको इन्ट्री भएको थियो । यसलाई पहिलो र दोस्रो भागको तुलनामा दर्शकले रुचाएनन् ।
यतिबेला टिप्स कम्पनीका मालिक रमेश चौथो सिरिजको तयारीमा छन् । फिल्मलाई अघिल्लो तीनै सिरिजको लेखन गरेका शिराज अहमदले लेखिरहेका छन् ।
यसपटक फिल्मलाई रमेश आफैले निर्देशन गर्ने तयारीसमेत थालेका छन् । फिल्ममा तेस्रो भागमार्फत सदस्य बनेका सलमान खान, पहिलो र दोस्रो भागका सदस्य सैफअलि खान र सुनिल शेट्टीलाई अभिनय गराउने तयारी निर्माण पक्षको छ । यद्यपि यस विषयमा आधिकारिक जानकारी निर्माण पक्षले दिएको छैन ।
रेसको तेस्रो शृंखलाबाट बाहिरिदा सैफ निर्माण पक्षसँग रिसाएका छन् । किनकि अघिल्ला दुई शृंखलाले एकपछि एक गर्दै दर्शकको मन जितिरहेको थियो । फिल्ममा देखिने सस्पेन्स र थ्रिललाई दर्शकले रुचाउने गरेका छन् । दर्शकले बलिउडको हिट फ़ेन्चाइजहरूको चौथो सिरिजको प्रतीक्षा गरिरहेको सोसल मिडियामा उल्लेख गर्ने गरेका छन् । प्रतिक्षित फिल्महरूमा क्रिस ४, धूम ४ पनि पर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार