अव्यवस्थित तरिकाले मानवीय बस्ती जमाउदाँ शहर नै कुरुप !
नेपालबहस संवाददाता
कात्तिक ९, २०७८ मंगलबार २२:४०:२४
◊ अनुसा थापा
नेपाल सरकारले घर बनाउनको लागि विभिन्न कार्ययोजना बनाएको थियो । हरेक नगरपालिका र गाँउपालिकामा घर बनाउन सरकारले निश्चित मापदण्ड बनाएको छ । के ती सरकारले बनाएका मापदण्डहरु पुरा गरेर घरधनीले घर बनाएका छन् ? जुनैपनि जिल्लामा बनेका घरहरुमध्ये अधिकांशले मापदण्ड पुरा गरेको छैनन् । मेयर र वडाध्यक्षले पनि आर्थिक लेनदेनको आडमा मापदण्डबिनै घर बनाउन दिएका छन् ।
पैसाको आडले गर्दा दुई आनामा पनि आवासीय भवनहरुको निर्माण भइरहेको छ । थोरै जग्गामा घर बनाउने नक्साहरु पास भइरहेको छ । २०७२ सालको भुकम्पलेनेपालमा धेरै धनजनको क्षति भयो । ठुल्ठुला घरहरुसमेत भुकम्पको कारण क्षतिग्रस्त बने । जसको कारण सरकारले घर बनाउनको लागि निश्चित मापदण्ड बनाएको थियो ।
माटो चेकजाँच गर्ने, थोरै जग्गामा घर बनाउन नदिने जस्ता मापदण्डहरु यसभित्र परेका थिए । विगत लामो समयदेखि देशैभर अस्तव्यस्त रुपमा घरहरु बनेको छन् । शहर पनि पुरै अस्तव्यस्त बनिसकेको छ । एक आना जग्गामा घर बनाउनेको संख्या पनि तीव्र गतिले बढेको छ । यसरी जथाभावी घर बनाउन दिदाँ उत्पादनमुलक जग्गाहरु पनि सबै मासिसकेको छ । एक हप्ता अगाडि लहलह तरकारी फलिरहेको खेतमा अर्को हप्ता जग हालिरहेको हुन्छ । उब्जनी हुने जग्गामा यसरी अव्यवस्थित तरिकाले मानवीय बस्ती जमाउदाँ शहर नै कुरुप बनेको छ ।
यति थोरै जग्गा घर बनाउन दिनुमा सहरी विकास मन्त्रालयको पनि ठुलो कमी कमजोरी देखिएको छ । शहरलाई कस्तो बनाउने हो भनेर बेलैमा नसोच्दा व्यवस्थित भनिएको हेनै नहुने भएको छ । सहरी विकास मन्त्रालय र सहरी विभागले शहर निर्माण गर्नको लागि ऐन कानुन बनाउन नसक्दा शहरको सौन्दर्यतामाथि हस आएको छ ।
अधिकांशले बाटो ढाक्नेगरि घर बनाएको छन् । तैपनि त्यस्तालाई किन अनुगमनको दायरामा ल्याइएन ? कसैको घर पाँच तलाको छ कसैको एक तलाको छ । अग्लो र होचो घरहरुले गर्दा शहर नराम्रो देखिएको छ । सडक मिचेर घर बनाउन दिदाँ बाटामा गाडी चाहि कहाँबाट गुड्ने ? सर्वसाधारण कहाँबाट आवतजावत गर्ने ? यसबारे घुसखोरियाहरुले सोचेका छन् ।
जग्गा दलालीहरु र सरकारी कर्मचारीहरुको घुस खाने प्रवृत्तिको कारण पनि यस्तो भएको हो । भोट र नोट पाइने लोभमा मेयर र वडाध्यक्षले देश नै डुबाउने भए । सरकारी कर्मचारीहरुले कमिशनभन्दा अरु केही देख्दैन् । भोलि तिनै घरबेटीहरुले भोट दिएनन भने कसरी कमिशन खान भन्ने चिन्तामा वडाध्यक्ष र मेयर बसेका छन् ।
जस्तो मनलाग्यो त्यस्तै घर बनाउन दिएको छन् । नक्सा पास गर्ने बेलामा घरको मापदण्ड पुरा गरेको छ कि छैन् भनेर हेर्ने समेत गरेको छन् । एउटा भोटको लागि सरकारको मापदण्डको खिलाफ गएर राज्य ठग्नु कतिसम्म श्रमनाक कुरा हो । आफ्नो पार्टीले चुनाव हार्छ भनेर विपदबाट जनता मार्ने काम भइरहेको छ । बाटो मिचेर सार्वजनिक जग्गामा घर बनाउनेलाई कारबाही गरिएको छैन् ।
अधिकांशले बाटो ढाक्नेगरि घर बनाएको छन् । तैपनि त्यस्तालाई किन अनुगमनको दायरामा ल्याइएन ? कसैको घर पाँच तलाको छ कसैको एक तलाको छ । अग्लो र होचो घरहरुले गर्दा शहर नराम्रो देखिएको छ । सडक मिचेर घर बनाउन दिदाँ बाटामा गाडी चाहि कहाँबाट गुड्ने ? सर्वसाधारण कहाँबाट आवतजावत गर्ने ? यसबारे घुसखोरियाहरुले सोचेका छन् ।
मँहगीको मारमा सबै परेको कुरा पनि बिर्सिन सकिएको छैन् । उब्जनी हुने जग्गा सबै घर बनाएर सिद्धिसक्यो । खानेकुराको त कुरै छोड्देऔ पानीसमेत पाइन्न । अहिले हातमा हात बाँधेर बसेको सरकारले केही वर्षमै यसको नतिजा पनि पाउछ । तर कुरा यति मात्र हो कि त्यतिखेर पनि गरिब जनता नै मर्नुपर्ने छ ।
तलबभत्ता र कमिशन त्योभन्दा अरु केही नचाहिने रहेछ । पैसाको लागि मरिहत्ते गर्दा भोलि भुकम्पबाटै लाखौ जनता मर्न सक्छन् । सरकारले आठ आनाभन्दा कम जग्गामा घर बनाउन दिनुहुदैन् । हरेक घरको वरिपरि हरियो रुखविरुवा रोपेको हृनृपर्छ । मान्छे हावाबिना बाँच्न सक्दैन् । हावाकोलागि बोटविरुवा त चाहि नै हाल्यो । बिजुलीको खम्बा वरिपरि घर बनाउनभन्दा अगाडि घरधनीले पनि सोच्नुपर्छ । यी मापदण्ड पालना नगरि नबनाइएको घरलाई कानुनको दायरामा ल्याउनैपर्छ ।
सरकार आफैले गरेको निर्णयमा अडान लिन नसक्दा पनि सबैले अटेर गरेको प्रस्टै देखिन्छ । ललितपुर, काठ्माडौं र भक्तपुरभित्र मात्रै ९० प्रतिशत यस्ता घर छन् जसले सरकारले बनाएको मापदण्ड पालना गरेको छैन् । ७७ वटै जिल्लाका मेयर र वडाध्यक्षले व्यक्तिगत फाइदा लिएर देशघाती काम गरेको छन् । भन्नलाई चाहि वडाध्यक्ष र मेयर । तर यिनीहरुले तलबभत्ता पकाउनेभन्दा अरु केही काम गरेको छैनन् । सरकारी कर्मचारीले त झन् देशै ध्वस्त पारिसकेको छन् ।
यिनीहरुको लापरबाही र स्वार्थी भावनाले गर्दा नेपाल घर न घाटको बन्न पुगेको छ । विकासको नाममा विनाश निम्तिएको छ । यो विकासले कतिखेर सास लिने हो अत्तोपत्तो छैन् । घरभित्रै पुरिएर मर्नुपर्ने स्थिति आउन पनि बेर लाग्दैन् । सिमित व्यक्तिको व्यक्तिगत फाइदाको कारण सिधासाधी नेपाली जनताले प्राण त्याग गर्न नपरोस् । यो विषयमा सरकारले पनि विचार गर्नुपर्ने बेला आएको छ । यही गतिले घर बन्दै जाने हो भने भोलिका नेपाली जनताले के खाने ? जहिले अरु देशको भर परेर बस्ने ? अरुले दिए खाने होइन् भने हेरेर बाँच्ने ? उब्जनी नभइसकेपछि यसको फाइदा भोलिको दिनमा अरु देशले उठाँउछन् । छिमेकी देश भनेर के गर्नु भारतले नै नेपाललाई बाँकी छोड्दैन् । भारतले नाकाबन्दी लगाउँदा नेपालीहरुको हालत अझै पनि कतिलाई स्मरणीय नै होला ।
मँहगीको मारमा सबै परेको कुरा पनि बिर्सिन सकिएको छैन् । उब्जनी हुने जग्गा सबै घर बनाएर सिद्धिसक्यो । खानेकुराको त कुरै छोड्देऔ पानीसमेत पाइन्न । अहिले हातमा हात बाँधेर बसेको सरकारले केही वर्षमै यसको नतिजा पनि पाउछ । तर कुरा यति मात्र हो कि त्यतिखेर पनि गरिब जनता नै मर्नुपर्ने छ । खाधान्नको मृल्यवुद्धिले आकाश छुन्छ । जनताहरु खान नपाएर भोकप्याससंग लड्नुपर्छ । त्यतिखेरको स्थिति एकचोटि सबैले सम्झौ । उब्जनी हुने जग्गामा यसरी जथाभावी रुपमा घर बनाउन नदेऔ । यसको भुक्तानीले हामीले नै गर्नुपर्छ । छिमेकी भनेरकोही सहयोगको लागि आइपुग्नेवाला छैनन् । तर फाइदा उठाउन उनीहरु ठिक्क परेर बसेको छन् ।
हम्रो देशबाट २ प्रतिशत सामान निर्यात हुन्छ । बाँकी ९८ प्रतिशत आयात गर्नुपर्छ । देश घाटामा गइरहेको छ भन्ने प्रष्ट देख्दादेख्दै पनि किन आँखा चिम्लेर बसेका छन् । यसलाई रोक्ने सम्बन्धित निकाय कहाँ छ ? एकचोटि मरेर गएको मान्छे कहिल्यै पनि फर्केर आउदैन् । जग्गा पनि त्यस्तै हो । एकचोहि घर बनिसकेपछि त्यो उब्जनीको लागि प्रभावकारी हुदैन् । सहरी विकास मन्त्रालय के हेरेर बसिसकेको छ । भाषण मात्र ठोकेर हुदैन् सहरी विकास मन्त्री रामकुमारी झाँक्री ज्यु काम पनि गर्नुपप्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार