टी-२० विश्वकप : चर्चामा आइरहेको एक नाम शाहीन अफ्रिदी को हुन् ?
नेपालबहस संवाददाता
कात्तिक १०, २०७८ बुधबार १९:३४:२
शेर भण्डारी
१० असोज, काठमाडौं । सन् २०२१ को टी-२० विश्वकप यूएइ र ओमानमा जारी छ। विश्वका चर्चित क्रिकेटर सहभागी छन्। हरेक क्रिकेटरको नाम चर्चामा आइरहेको छ। त्यसैमध्ये चर्चामा आइरहेको एक नाम हो, शाहीन शाह अफ्रिदी।
अफ्रिदी अहिले चर्चाको शिखरमा छन्। चर्चा नहोस् पनि कसरी टी-२० विश्वकपमा पहिलोपटक पाकिस्तानले भारतलाई हरायो। र, भारतमाथि रवाफिलो जित निकाल्न तिनै अफ्रिदीले महत्वपूर्ण भूमिका खेले।
युवा बलर अफ्रिदीले पाकिस्तानमाथि भारतको दबदबा अन्त्य मात्रै गरेनन्। भारतलाई लज्जास्पद हारको स्वाद पनि चखाए। पावरप्लेमा पहिलोपटक तीन ओभर बलिङ गरेका शाहीनले पहिलो दुई ओभरमा दुई विकेट लिएर पाकिस्तानलाई उत्कृष्ट सुरुवात गराए।
रोहित शर्मालाई शून्य र केएल राहुललाई प्याभिलियन पठाएपछि उनले कप्तान विराट कोहलीको समेत विकेट लिए। शाहीनले चार ओभरमा ३१ रन दिए। भारतीय ब्याटिङले अन्तिमसम्म रिकभर गर्ने मौका पाएन र शाहीनको अगाडि १५२ रन मात्रै बनाउन सके। त्यस्तै न्युजिल्यान्डसँगको दोस्रो खेलमा पनि उनले चार ओभर बलिङ गर्दै एक मेडनसहित २१ रन खर्चिएर एक विकेट हात पारे।
को हुन् शाहीन शाह अफ्रिदी ?
२१ वर्षीय अफ्रिदी पाकिस्तान क्रिकेट टोलीका स्टार बलरहरूमध्ये एक हुन्। उनले पाकिस्तानका लागि तीनवटै प्रारूपको क्रिकेटमा नियमित सहभागिता जनाइरहेका छन्। उनी अफगानिस्तानको सिमानामा रहेको पाकिस्तानको खैर जिल्लामा हुर्किएका हुन्।
सात भाइहरूमध्ये अफ्रिदी सबैभन्दा कान्छा हुन्। उनका जेठा भाइ रियाज अफ्रिदी हुन्। रियाज र शाहीनको उमेर अन्तर १५ वर्षको छ। शाहीनलाई क्रिकेटमा ल्याउने श्रेय उनका दाइ रियाज अफ्रिदीलाई जान्छ। रियाजले पनि पाकिस्तानबाट क्रिकेट खेलिसकेका छन्।
उनले सन् २००४ मा एक मात्र टेष्ट खेल खेलेका थिए। शाहीनले आफ्नो क्रिकेट करियर भने लान्डी कोटलको टाटारा मैदानबाट सुरू गरेका हुन्। जुन नजिकैको टाटार पहाडहरूको नाममा राखिएको हो। शाहीन चार वर्षको उमेरदेखि नै क्रिकेट खेल्दै आएका छन्।
रियाजले २०१५ मा ‘एफटीए’ अन्डर-१६ ट्रायलमा शाहीनलाई हार्ड-बल क्रिकेटमा परिचय गराउँदासम्म शाहीनले टेनिस(बल क्रिकेट मात्र खेलेका थिए। यस स्तरको सफलताले शाहीन नोभेम्बर २०१५ मा अष्ट्रेलिया भ्रमणको लागि छनोट भएका थिए।
जहाँ उनले एकदिवसीय र ट्वान्टी-२० शृंखलामा २-१ को जितमा चार विकेट लिएका थिए। त्यसपछि उनले विभिन्न उमेर समूहको क्रिकेट खेल्ने क्रम जारी राखे। सन् २०१८ मा उनी अन्डर-१९ विश्वकपका लागि पाकिस्तानी टोलीमा छनोट भएपछि उनले अन्तर्राष्ट्रिय मान्यता पाएका थिए। जहाँ उनले ५ खेलमा १२ विकेट लिए।
सोही वर्षको अन्त्यमा उनले पाकिस्तानको लागि डेब्यु गर्ने मौका पाए र उनी २१औं शताब्दीमा जन्मेका पहिलो क्रिकेटर बने जसले पाकिस्तान टोलीमा खेल्ने मौका पाए। शाहीनले ३ अप्रिल २०१८ मा वेस्टइण्डिजविरुद्ध आफ्नो टी-२० डेब्यू गरका हुन्।
सोही वर्ष सम्पन्न एसिया कप एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने मौका पनि पाए। सोही वर्षको अन्त्यमा न्युजिल्यान्डविरुद्धको टेष्ट सिरिजमा उनले टेस्टमा डेब्यू गर्ने मौका पाए। ६ फिट ६ इन्च हाइट भएका अफ्रिदीले हालसम्म १९ टेस्ट खेलमा ७६ विकेट, २८ वानडेमा ६३ विकेट र ३२ टी-२० मा ३६ विकेट लिएका छन्।
शाहीनको पूर्व पाकिस्तानी क्रिकेटर र कप्तान शाहिद अफ्रिदीसँग पनि विशेष सम्बन्ध छ। शाहीन चाँडै शाहिद अफ्रिदीको ज्वाइँ बन्न लागेका छन्। यसै वर्षको मार्चमा शाहिदले आफ्नी छोरीको शाहीनसँगको विवाह हुने पुष्टि गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
दाङमा बाक्लो हुस्सु
मंसिर २७, २०८१ बिहिबार
हिमपहिरोले बनाएको पोखरी
मंसिर २७, २०८१ बिहिबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः म्याद थप गर्न रवि लामिछानेलाई अदालत पुर्याइयो
मंसिर २७, २०८१ बिहिबार