नेपाली फिल्म र दर्शकको माया मार्न सक्दिनँः निरुता सिंह
नेपालबहस संवाददाता
कात्तिक १०, २०७८ बुधबार २२:०:४१
१० कार्तिक, काठमाडौं । एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंह केही समयको अन्तरालपछि काठमाडौ आएकी छन् । पछिल्लो एक दशकदेखि मुम्बईमा बस्दै आएकी निरुता रियालिटी शो डान्स च्याम्पियनको निर्णायकको अभिभारा बहन गर्न काठमाडौं आएकी हुन् ।
वरिष्ठ निर्देशक तुलसी घिमीरेको खोजको रूपमा ‘दक्षिणा’ फिल्मबाट डेब्यू गरेकी निरुताले त्यसपछि ‘दर्पण छायाँ’, ‘ठूल्दाइ’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘चाँदनी’ लगायतका थुप्रै हिट फिल्म दिइन् । विशेषगरी सेन्टिमेन्टल दृश्यका लागि चर्चित रहेकी निरुताले ‘माइली’ फिल्ममा भने आधुनिक युवतीको भूमिका निर्वाह गरिन् ।
त्यसपछिका दिनमा उनका फिल्म चल्न छाडे । फिल्म हात पर्ने क्रम घट्दै गएपछि उनी बलिउडमा ‘ट्राई’ गर्न मुम्बई गएकी थिइन् । मुम्बईमा खासै उल्लेख्य कलाकारिता गर्न नपाए पनि उनी बेलाबेलामा काठमाडौं भने आइरहन्छिन् ।
पछिल्लो समय निरुता भुवन केसीको ‘क्याप्टेन’ फिल्मको ‘तिमी अर्कैको चिया बगान…’ बोलको गीतमा देखापरेकी थिइन् । सोही वर्ष उनी प्रमुख भूमिकामा अभिनित ‘दाल भात तरकारी’ फिल्म प्रदर्शन भएको थियो । मह जोडीको सो फिल्मले दर्शकको साथ भने पाएन ।
आफू जहाँ रहे पनि नेपाली फिल्म र दर्शकको माया मार्न नसक्ने निरुता बताउँछिन् । आफूलाई सुहाउने चरित्र र भूमिका भएमा जुनसुकै बेला पनि नेपाली फिल्ममा अभिनय गर्न आफू तयार रहेको उनको भनाइ छ ।
‘डान्स च्याम्पियन’ को एक निर्णायकको रूपमा रहन पाउँदा आफूलाई निकै गर्व लागेको उनले बताइन् । अभिनेता गजित विष्टको निर्देशनमा रहेको सो रियालिटी शो २५ कात्तिकदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार