कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक, मंसिर ३ गतेदेखि प्रदेश, क्षेत्र र जिल्ला अधिवेशन शुरु
नेपालबहस संवाददाता
कात्तिक १०, २०७८ बिहिबार १:३२:५
१० कार्तिक, काठमाडौं । लामो रस्साकस्सी बीच आज नेपाली कांग्रेसको १४ औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भएको छ ।बुधबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि २९ गते केन्द्रीय महाधिवेशन गर्ने गरी नयाँ मिति तोकेको हो ।
कांग्रेस निर्वाचन समितिका अनुसार विवाद भएर रोकिएका १३ जिल्लाको वडा अधिवेशन यही कार्तिक २७ गते हुने भएको छ ।समितिकाअनुसार कार्तिक ३० गते ती जिल्लाको पालिका अधिवेशन हुनेछ । क्रियाशीलता विववाद भएका सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन ।
यीमध्ये रसुवा, बारा र रौतहटको क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन । यसअघि नै ६४ जिल्लामा कांग्रेसको वडा र गाँँउ नगर अधिवेशन सकिसकेको छ ।
समितिका अनुसार सबै जिल्लामा मंसिर ३ गते प्रदेश अधिवेशन हुनेछ । त्यस्तै मंसिर ६ गते संघीय निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने कार्यतालिका सार्वजनिक भएको छ ।
मंगलबार पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले बुधबार नयाँ कार्यतालिका ल्याएको हो । प्रधानमन्त्री देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको हो ।
यसअघि कांंग्रेसले तीन पटक महाधिवेशन सारेको थियो । कांग्रेसले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण भदौ ७ देखि १० सम्मका लागि महाधिवेशन सारियो । तर, क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई कारण देखाएर फेरि भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भएको थियो ।
क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसकेपछि मंसिर ९ देखि १३ सम्म सारिएको थियो । उक्त मितिमा पनि महाधिवेशन हुन नसकेपछि कांग्रेसले मंसिर २७ देखि २९ गतेका लागि सारेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार