छालाको रङलाई स्वीकारेपछि आत्मविश्वास बढ्योः प्रियंका चोपडा
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार १९:१९:५८
११ कार्तिक, काठमाडौं । बलिउडकी सफल अभिनेत्री हुन्, प्रियंका चोपडा । बलिउड हुँदै हलिउडका फिल्म तथा टिभी सिरिजहरूमा समेत छुट्टै पहिचान बनाइसकेकी उनी एक समय छालाको रङका कारण अपमानको सिकार भएको बताएकी छन् । त्यतिखेर उनी सामान्य किशोरी थिइन्, स्टार थिइनन् । अमेरिकाको एक स्कुलमा पढ्दाताका उनलाई सहपाठीले ‘ब्राउनी’ भनेर गिज्याउने गर्थे ।
एक अन्तर्वार्तामा प्रियंकाले भारतीय मिडियालाई भनेकी छिन्, ‘मसँग बसेर खाना खान मन पराउँदैनथे । किनकि, मेरो छालाको रङ गोरो थिएन ।’ त्यो तीतो अनुभवका कारण आफ्नो आत्मविश्वास समेत गुमेको बताउँदै आमाले सम्झाएर मात्र आफू यहाँसम्म आइपुगेको उनले बताइन् । ‘आमाले सम्झाउनुभयो,’ उनले भनिन्, ‘तिमी जस्ती छौ, त्यस्तै सुन्दर छौ । कसैका लागि आफूलाई बदल्नु पर्दैन ।’ विश्वसुन्दरी हुँदै बलिउडमा प्रवेश गरेपछि प्रियंकाले गोरो हुने क्रिमको विज्ञापन गरिन् ।
अमेरिकामा साथीसंगीले जिस्काउँदा आफूले गोरो हुने क्रिम प्रयोग गरेको बताइन् । ‘एक रात विज्ञापन गरेर घर फर्किंदा मैले सोचेँ- म के गर्दै छु रु,’ उनले भनिन्, ‘कसरी झुटो सपना बेच्न सक्छु रु किन मैले आफ्नो रङलाई स्विकार्न नसकेको ? मैले नै यसो गरेँ भने देशका हजारौँ महिलाले क्रिम लगाएर गोरो हुने सपना देख्लान् । जबकि, हामीले आफ्नो छालाको रङलाई सहज रूपमा लिनुपर्छ । त्यसदिनदेखि मैले आफ्नो गहुँगोरो रङलाई स्वीकार गरेँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार