नयाँ नेपाली फिल्म रिलिज नहुदाँ यो साता पनि हलिउड फिल्मकै भर
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार १९:३४:४०
११ कार्तिक, काठमाडौं । नेपालमा हल खुले पनि नेपाली फिल्म दर्शकले हेर्न पाएका छैनन् । डाँडाको वरपीपल र धन्दागिरी दशैंमा प्रदर्शनमा आए पनि त्यसमा दर्शकको आकर्षण देखिएन । फलस्वरूप नेपाली फिल्म हेर्न दर्शक हलमा आएनन् । किनकि यी फिल्म कोरोना भाइरसको महामारी अगाडि नै प्रदर्शनमा आए पनि व्यापार यस्तै नै हुन्थ्यो ।
महामारीको मारमा रहेका हलमा दर्शकले हेर्न चाहेको नेपाली फिल्म प्रदर्शन नहुँदा हलिउडकै दबदबा रहेको छ । हलले विदेशी फिल्मकै भर परिरहेका छन् भने दर्शक पनि विदेशीमै रमाइरहेका छन् । फास्ट एन्ड फ्युरियस ९, जेम्स बोन्ड: नो टाइम टू डाइ पश्चात यो साताको शुक्रबार पनि बलिउडकै फिल्महरू रिलिज हुने भएका छन् ।
‘भेनम स् लेट देयर बि कार्नेज’ र ‘ड्युन’ प्रदर्शन हुने जानकारी हलहरूले दिएका छन् । यी दुई नै हलिउड फिल्म हुन् । टम हार्डी स्टारर भेनमको पहिलो शृंखलाको सफलतापछि आएको दोस्रो सिरिजलाई प्रदर्शन भइसकेको अन्य देशमा रुचाइएको छ । फिल्ममा ब्ल्याक र रेड भेनमको रोमान्चक लडाइँ दर्शकले रुचाउने छन् । साइन्स फिक्सन र एड्भेन्चर जनराको भेनमले नेपाली सेन्सर बोर्डबाट पीजी प्रमाणपत्र पाएको छ भने तिमोर्थी चार्लामेट स्टारर एक्सन-ड्रामा ‘ड्युन’ले पनि पीजी नै पाएको छ ।
आउँदो दीपावलीलाई लक्षित गर्दै नेपाली फिल्मतर्फ चोर पुलिस र धुम ४ रिलिज हुने घोषणा भएका छन् । यस्तै, भारतीय फिल्म ‘सूर्यवंशी’ प्रदर्शनमा आउने छ । यद्यपि यसको प्रदर्शन नेपालमा हुन्छ वा हुँदैन भन्ने अझै अन्योल नै छ । तर, हलिउड फिल्म मार्भल स्टुडियोको साङ्ची प्रदर्शन हुने भएको छ । यो फिल्म नोभेम्बर ५ मा नेपालमा प्रदर्शन हुनेछ । मार्भलका फ्यानले यसलाई हेर्ने विश्वास गरिएको छ । नेपाली बक्सअफिसमा घरेलु फिल्मको उपस्थिति लगभग शून्य झैँ भएकाले हलिउड फिल्मले मात्र हलको अस्तित्व जोगाइदिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार