रणवीर र आलियाको बिहे डिसेम्बरमा !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार २०:४४:४
![](https://nepalbahas.prixacdn.net/media/albums/ranabir-alia_large_MtoUPBYLsg.jpg)
११ कार्तिक, काठमाडौं । चार वर्षदेखि प्रेमसम्बन्धमा रहेका बलिउड स्टार रणवीर कपुर र आलिया भट्टले डिसेम्बरमा बिहे गर्न लागेको चर्चा चलेको छ ।
बिहेको तयारीका लागि उनीहरूले बाँकी रहेका केही काम सिध्याउँदै गएको र केही भने २०२२ मा सारेको बताइएको छ । उनीहरूसँगै अभिनीत फिल्म ‘ब्रह्मशास्त्र’ प्रदर्शनको क्रममा छ ।
उनीहरूले दुई वर्षअघि नै बिहे गर्ने योजना बनाएका थिए । कोरोना महामारीका कारण उनीहरूको बिहेपछि धकेलिएको हो । रणवीरका बाबु दिवंगत अभिनेता ऋषि कपुर पनि छोराको बिहे हेर्न चाहन्थे । तर, परिस्थित सहज नभएकाले उनीहरूको बिहे हुन सकेन । अब भने उनीहरूले बिहे गर्ने तयारी गरिसकेको मिडियाहरूको दाबी छ । तर, यसबारेमा आलिया र रणवीरले भने आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
कैटरिना कैफसँग ब्रेकअप भएपछि विक्षिप्त भएका रणवीर आलियासँग प्रेममा परे । आलिया भने रणवीरकी आमा नितु कपुरसँग पनि निकै निकट छिन् । उनी रणवीरको घर आउजाउ गरिरहन्छिन् । नीता पनि रणवीरको आलियासँग बिहे होस् भन्ने चाहन्छिन् । गत वर्षको एउटा अन्तर्वार्तामा रणवीरले कोरोना महामारी नभइदिएको भए आफू र आलियाको बिहे भइसकेको हुने थियो भनेका थिए ।
रणवीरका हजुर बुबा रणधीर कपुरले भने रणवीर र आलियाको बिहेको बारेमा आफूलाई केही पनि थाहा नभएको दाबी गरेका छन् । उनले हालै दिएको एउटा अन्तर्वार्तामा रणवीरले एक न एक दिन चाहिँ बिहे गर्ने, तर कहिले गर्छन्, त्यो आफूलाई थाहा नभएको बताएका छन् ।
रणवीरले आफ्नो नयाँ फिल्म ‘एनिमल’ को यही वर्षको अन्त्यबाट सुटिङ सुरु गर्ने तयारीमा थिए । तर, उनले एकाएक त्यो फिल्म केही महिनापछि सारेका छन् । आलियाले पनि आफ्ना बाँकी काम नोभेम्बर महिनासँग सक्ने र अर्को सालमा मात्रै नयाँ फिल्म सुटिङ गर्ने बताएकी छिन् । उनले हालै ‘डार्लिङ’ नामक फिल्मको सुटिङ सकाएकी छिन् । उनले बिहेका कारण डिसेम्बर महिनाका कामहरू सबै पछि सारेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार