शिक्षकको जागिरका लागि प्रअलाई सात लाख घुस, विद्यालयलाई चार लाख चन्दा
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ शुक्रबार १:२६:१४
११ कार्तिक, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको एक विद्यालयमा ल्याब असिस्टेन्ट ‘प्राथमिक तह स्तरको शिक्षक’को जागिर खान सात लाख रुपैयाँ घुस मागिएको आरोप लागेको छ । गाउँपालिकाको वडा नं-३ जगदीशपुरमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा ल्याब असिस्टेन्ट पदमा नियुक्तिका लागि प्रधानाध्यापक मुनिजर हसनले सात लाख रुपैयाा घुस मागेको भन्दै न्यायिक समितिमा उजुरी परेको छ ।
सोही विद्यालयका शिक्षक लडाइँप्रसाद चौधरीले छोरा विवेक चौधरीको नियुक्तिका लागि प्रधानाध्यापकलाई छ लाख रुपैयाँ बुझाएको र एक लाख रुपैयाँ नियुक्तिपछि बुझाउने मौखिक सहमति भएको लडाइँप्रसाद चौधरीले बताए ।
घुस दिएपछि हसनले विद्यालयलाई चार लाख रुपैयाँ चन्दा दिनुपर्ने भन्दै चौधरीलाई विद्यालय व्यवस्थापन समितिसँग भेट गर्न पठाएका थिए । व्यवस्थापन समितिले विद्यालयलाई चार लाख रुपैयाँ चन्दा दिन आग्रह गरेपछि लडाइँ छोरालाई जागिर खुवाउनबाट पछाडि हटेका थिए । घुस र चन्दा दिनुपर्ने भएपछि लडाइँले घुसबापतको छ लाख रुपैयाँ फिर्ता मागेका थिए ।
११ लाख रुपैयाँ दिन नसक्ने र यो विवादमा आफू पर्न नचाहेको भन्दै छोरालाई परीक्षाका लागि नपठाएको उनको भनाइ छ । आफू पनि त्यही विद्यालयमा पढाउने र छोरालाई पनि जागिर मिल्ने भएपछि उक्त रकम दिएको चौधरीको भनाइ छ ।
विद्यालयका प्रअ हसनले लडाइँ विद्यालयको शिक्षक नभएको बताए । ‘ममाथि लगाइएको आरोपसमेत झुटो हो । उनले छोरालाई जागिर खानका लागि नेपाली कांग्रेस विजयनगर गाउँ समिति अध्यक्ष जानकी यादवदेखि अरूबाट समेत दबाब दिएका थिए’, हसनले भने । प्रअले शिक्षक नभएको दाबी गरे पनि लडाइँलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दल नेता वीरेन्द्रकुमार कनोडियाले व्यक्तिगत रूपमा तलब दिएर विद्यालयमा पढाउँदै आएका थिए ।
‘प्रअलाई घुस दिनका लागि शिवराज नगरपालिका पकडी घर भएका चिन्के प्रधानसँगै घर पुगेको थिएँ । उनलाई देखेपछि एक्लै आउन भनेका थिए । ८ कात्तिकमा माछापुच्छ्रे बैंक चन्द्रौटा शाखाबाट चेकमार्फत निकालिएको छ लाख ३० हजारमध्ये ३० हजार घर खर्च राखी बाँकी प्रअ हसनलाई बुझाएको थिएँ’, शिक्षक लडाइँले बताए ।
घटना सार्वजनिक भएपछि प्रअ हसनसँग स्पष्टीकरण माग्दै अनुसन्धान सुरु गरेको विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताए । घटनाको विषयमा आज ‘बिहीबार’ गाउँपालिका न्यायिक समितिमा उजुरीसमेत परेको छ । रकम लिएको पुष्टि भएमा प्रअलाई कानुनअनुसार कारबाही गरिने गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार