बलिउड फिल्म ‘उचाइ’काे नेपाल सेड्युल सम्पन्न
नेपालबहस संवाददाता
कात्तिक १२, २०७८ शनिबार ०:१८:३१
१२ कार्तिक, काठमाडौं । नेपालमा २५ दिनको छायांकन सकेर बलिउड फिल्म ‘उचाइ’ले नेपाल सेड्युल सम्पन्न गरेको छ । दुई दिन काठमाडौं र बाँकी समय हिमाली जिल्लामा छायांकन भएको फिल्मले २८ अक्टोबरमा नेपाल सेड्युल पूरा गरेको हो ।
खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा सुटिङ भएको फिल्मको शुक्रबार पहिलो सेड्युल सकिए पनि दोस्रो सेड्युल भारतका विभिन्न स्थानमा हुनेछ ।
राजश्री प्रोडक्सनले निर्माण गरेको यो फिल्मको सुटिङको ४ अक्टोबरबाट सुरु भएको थियो । काठमाडौंमा ह्यात होटल र एयरपोर्टमा केही दृश्य खिचेर टोली नाम्चे लागेको थियो । सुरज बाडजात्याले निर्देशन गरेको फिल्ममा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडा आदि कलाकारले नेपाल आएर सुटिङ गरेका थिए ।
फिल्ममा अमिताभ बच्चन भए तापनि स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर सुटिङ गरिएको थियो । फिल्मका केही टोली सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौं फर्किसकेका छन् । फिल्मको मुख्य टोली शनिबार एअर इन्डियाको विमानबाट भारत फर्किनेछ ।
।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार