नौ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर खोल्न सेनाद्वारा बम ‘बलाष्ट’
नेपालबहस संवाददाता
कात्तिक १२, २०७८ शनिबार ३:३:५७
१२ कार्तिक, गुल्मी । नौ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन गर्न नेपाली सेनाले बम विस्फोट गरेको छ । कात्तिक पहिलो हप्ताको वर्षाले कात्तिक ३ गतेबाट कालीगण्डकी करिडोरको गुल्मी खण्डस्थित रुरुक्षेत्र गाउँपालिका २ साँघुरेमा ठूलो पहिरो गएको छ ।
पहिरोसँगै बिच भागमा ठूला ढुङ्गाहरू रोकिएकाले जोखिम बढेको थियो । स्थानीय स्तरमा पहिरो फालेर सडक सञ्चालनको प्रयास पनि भएको थियो । तर, सानो प्रयासले सम्भव नभएपछि सेनाले बम विस्फोट गरेको हो ।
शुक्रबार दिउँसोबाट नेपाली सेनाको टोलीले बम बलाष्ट गरेर ढुंगाहरू फुटाउने काम गरिरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदल हर्मिचौर र ग्राम शार्दुल गुल्मका उपसेनानीसहितको टोलीले सडक सञ्चालनको प्रयास गरिरहेको पौडेलले बताए ।
उनले स्थानीय प्रयास असफल भएपछि सेनाको प्रक्रिया अगाडी बढाएको र सेना आफैका पनि प्रक्रियाका कारण भनेकै समयमा सडक सुचारु गर्न मुस्किल परेको बताए । रिडी–रुद्रवेणी–वामी हुँदै बाग्लुङ्गसम्म सयौँ सवारी साधन दैनिक आवतजावत गर्छन् ।
नजिकैबाट वैकल्पिक सडक नभएकाले सबै सवारीहरू रिडी–तम्घास–इन्द्रेगौडाको सडकबाट गन्तव्यमा पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनले शनिबार अबेरबाट यातायात सञ्चालनको प्रयास भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार