गरिमा विकास बैंकले सहारालाई प्राप्ति गरी कात्तिक २८ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने
नेपालबहस संवाददाता
कात्तिक १३, २०७८ शनिबार १५:२२:५९
१३ कार्तिक, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले साहारा विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी कात्तिक २८ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ ।
गरिमा विकास बैंकको भदौ १५ गते र सहारा विकास बैंकको भदौ १२ गते बसेको छुट्टाछुट्टै साधारण सभामार्फत दुवै कम्पनीले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
नेपाल राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी रजिष्ट्रार कार्यालयले कात्तिक ११ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पश्चात दुवै कम्पनीले एकीकृत कारोबार गर्न लागेका हुन् ।
दुवै कम्पनी एक भई गरिमा विकास बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । प्राप्ति पश्चात कम्पनीको केन्द्रिय (रजिष्टर्ड) कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहने बताइएको छ ।
गरिमा विकासले सहारा विकासलाई १ बराबर १ को शेयर आदानप्रदान रेशियोमा प्राप्ति गरेको हो ।
प्राप्तिपछि लगानीकर्ताले सहारा विकासको १ कित्ता शेयर बराबर गरिमा विकासको १ कित्ता नै शेयर पाउनेछन् । सहारा विकासलाई प्राप्ति गरेपछि गरिमा विकासको चुक्तापूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँ पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार