तिलावे पुलमा कसरी घुस्यो राजनीतिक, पुल निमार्णमा लुम्बिनी बिल्डर्सको ढिलाई
नेपालबहस संवाददाता
कात्तिक १३, २०७८ शनिबार २१:३७:२७
१३ कार्तिक, वीरगंज । वीरगञ्ज–ठोरी हुलाकी मार्ग अन्तर्गत तिलावेपुल निर्माणमा ढिलाई भएको छ । २०७६-८-२ मा सहमति पछि लुम्बिनी बिल्डर्सले नै पुल निर्माणको काम गर्दै आएको छ । लुम्बिनी बिल्डर्स, नव कान्तिपुर कम्पनी र हुलाकी राजमार्ग आयोजनाबीच त्रिपक्षीय छलफलबाट यस्तो सहमति बनेको हो ।
लुम्बिनीले तिलावे पुलको काम २०७८ चैत सम्म सम्पन गर्नेनरि २०७६-८-२ मा सहमति भएको हुलाकी राजमार्ग आयोजनाले बताएको छ । तिलावे पुलको निर्माणका लागि २०७३ असारमा सम्झौता भएको थियो ।
आयोजनाले म्याद थपका लागि पटक पटक सिफारिस गरे पनि राजनीतिक दबाबका कारण म्याद नथपिँदा निर्माणको काम अवरुद्ध हुँदै आएको थियो । हुलाकीका प्रोजेक्ट मेनेजरले म्याद थपका लागि सिफारिस गरेका थिए ।
३६ महिनामा पुलनिर्माण गरिसक्ने सम्झौता भएकोमा सडक विभागले नक्सा स्वीकृति गरि २८ महीना पश्चात निर्माण व्यवसायीलाई उपलब्ध गराएको थियो । राजनीतिक दबाबमा आयोजनाले निर्माण व्यवसायीलाई काम गरे वापतको १ करोड रुपैया भुक्तानीसमेत रोकिएको छ ।
म्याद थप र भुक्तानी रोकेर निर्माण व्यवसायीलाई आर्थिक समस्यामा पार्दा पुलको काम रोकिने र त्यसको राजनीतिक फाइदा उठाउन पाइने मानसिकताबाट जिल्लाको विकासमा अवरोध भइरहेको छ ।
पुलको स्लाब हाल्न सुरु गरिएको भए पनि लकडाउन तथा बर्षायामका कारण निर्माणमा समस्या आएको भन्दै निर्माण कम्पनीले काम रोक्दा पुल निर्माणको काम अघि बढ्न सकेको छैन । पुलको बेसमेन्टको काम हुँदा पहिले सञ्चालनमा रहेको पुलबाट आवतजावत रोकेर डाइभर्सनको व्यवस्था मिलाइएको थियो ।
किन दिइयो लुम्बिनीलाई ?
राजनीतिक स्वार्थका कारण वीरगञ्ज–ठोरी हुलाकी मार्गअन्तर्गत निर्माणाधीन तिलावे पुलकोकाममा विभिन्न अवरोध भएपछि जसरी पनि पुलको निर्माण सक्ने उद्देश्यले यस्तो सहमति बनेको हो । राजनीतिक चक्रब्युहमा परेकोपुलको निर्माण कार्य ७० प्रतिशत काम सम्पन्न भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार
गरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार